• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

      ८ घण्टा अघि

      पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

      ८ घण्टा अघि

      गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

      ९ घण्टा अघि

      सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

      ९ घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      १० घण्टा अघि

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      १२ घण्टा अघि

      सेयर बजारमा भारी गिरावट

      १२ घण्टा अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      १२ घण्टा अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      १५ घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      १५ घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      १५ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      १७ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      १८ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      १९ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      १९ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / पर्यटन

    नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङको परीक्षण उडान सफल

  • बुटवल दैनिक
  • २०७७ फागुन ७, शुक्रबार (१ हफ्ता अघि)
  • ६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरूपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुईवटा उडान दुई/दुई जनासहित उडान भरेका हुन् ।

    पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाइडिङको उडान परीक्षण गर्न लागिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनिया थारूले बताए । कावासोती पर्यटकीय दृष्टिले सम्भावनाको क्षेत्र भएकाले यसको परीक्षण थालिएको उनले बताए । नगरपालिकाले पर्यटकीय पूर्वाधार विकासमा समेत लगानी गरिरहेको भन्दै प्याराग्लाइडिङको परीक्षण पूर्णरूपमा सफल भएमा यहाँ पर्यटनको नयाँ सम्भावनाको ढोका खुल्ने उपप्रमुख मर्दनिया थारूले बताए ।

    पहिलो दिन आज पाइलट हरि थापाले पहिलो उडान गरेका थिए । बालुवाडाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल अवतरण गरिएको हो । बालुवाडाँडा क्षेत्रमा हावाको बाहव, उडान र अवतरण क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको प्राविधिक एवं पाइलट हरि पहारी बताए । प्याराग्लाइडिङको लागि बालुवाडाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पहारीले बताए । बालुवाडाँडाको ९२७ मिटर उचाइबाट उडान भरिएको थियो ।

    कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले अवतरणस्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गरेका थिए । सो क्रममा नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडि बढाउने युवालाई धन्यवाद व्यक्त गरे । कावासोती नगरपालिकाले समेत पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दै आएको बताउँदै यसको थप व्यवस्थापनमा समेत लागि पर्ने बताए ।

    कावासोतीका युवाले स्थानीय उमेश रानाको अध्यक्षतामा बालुवाडाँडा प्याराग्लाइडिङ युवा समूह गठन गरेर यहाँको सम्भावनाबारे अध्ययन र प्रक्रिया अगाडि बढाएका थिए । नागरिक उड्डयन प्राधिकरणबाट परीक्षण उडानको अनुमति प्राप्त भएपछि अवश्यक सहकार्यको लागि कावासोती नगरपालिकासँग अनुरोध गर्दा सकारात्मक सहयोग प्राप्त भएको समूहका सचिव विमल रानाले बताए ।

    चालक दलले पाँच दिनसम्म परीक्षण उडान गर्ने छन् । नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनको लागि कस्तो सम्भावना रहन्छ भन्ने अध्यन गरिने चालक प्राविधिक एवं चालक पहारीले बताए । आज बालुवाडाँडाकै फरक स्थानबाट परीक्षण उडान गरिने छ ।

    यस्तै, अवतरणका लागि समेत फरक फरक स्थानको पहिचान गरिने पहारीले बताए । पाँच दिनसम्म गरिने उडानपश्चात् यहाँ व्यावसायिकरूपमा प्याराग्लाइडिङको सम्भावना के रहन्छ भन्ने यकिन हुने बताए । तर, पहिलो दिनको उडानले यहाँ प्याराग्लाइडिङ सफल हुने देखिएको उनले बताए । रासस

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    समाचार

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    बुटवल दैनिक बिशेष

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४३ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२९ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५११ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४८३ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑