धुर्कोट,गुल्मी ।
धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लामा गठित शिवालय महिला उद्यम समुह द्वारा सरस्वती प्रा वि मा कक्षा २ मा अध्यानरत बिमला नेपाली र सन्जय नेपाली बाबा आमा बिहिन दुई जना असाहय विद्यार्थिलाई विद्यालय स्टेसनरी सामुहिक रूपमा प्रदान गरेका छन्।
भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रका साथ उक्त समुहमा केहिदिन पहिला हेफर आधारशिला तालिम सम्पन्न भएपछी उक्त समुहका सदस्यहरूले सामुहिक प्रतिवद्धता गरे बमोजिम प्रति सदस्य रू ३० का दरले २३ जना सदस्य द्वारा एक एक दर्जन कपि सात सात वटा पेनसिल पाँच वटाको दरले इलेजर र एक एक वटा कटर उपहार प्रदान गरेको सामुदायिक सहजकर्ता राजेन्द्र सुनारले जानकारी दिनु भयो।
जुन विद्यार्थिको आफ्नो बाबा आमा नभएको हुदा बिद्यालय गई सहज तरिकाले अध्यान गर्नको लागी मनोबल बढोस भन्ने उदेश्यले हाम्रो समुहले उपहार प्रदान गरेको समुहका सदस्यले जानकारी गराउनु भयो।
उक्त उपहार प्रदान कार्यक्रममा शिवालय महिला उद्यम समुहकी अध्यक्ष शान्ता घिमीरेको आध्यक्षता उपाध्यक्ष कल्पना नेपालीको स्वागत मन्तव्य सहयोगी टोली संयोजक संगीता घिमीरेको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन समुहकी सचिव पवित्रा बि क को संचालनमा सम्पन्न भएको थियो।