• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ५ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ५ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ५ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    फेसबुकमा चर्चित दाह्री ग्याङले भेट्यो प्रधानमन्त्री

  • बुटवल दैनिक
  • २०७७ फागुन ६, बिहिबार (२ साल अघि)
  • ३६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    फेसबुकमा सूचना तथा रमाइलोका लागि खोलिएका अनेकौँ ग्रुप छन् । तीमध्ये कुनै ग्रुप उटपट्याङका लागि चर्चित छन् भने कतिपय ग्रुप सामाजिक गतिविधिका कारण लोकप्रिय छन् । यस्तै धेरैद्वारा रुचाइएको ग्रुपको सूचीमा पर्छ ‘दाह्री ग्याङ’ ।

    फेसबुकमा पछ्याउनुहोस्

    झट्ट सुन्दा यो उटुङ्गीहरूकै समूहजस्तो लाग्छ । तर, ग्याङले आफ्नो सामाजिक छवि खास बनाइसकेको छ । सार्वजनिक सरोकारका विषयमा पैरवी गर्नेदेखि विकृति, विसङ्गति, भ्रष्टाचारविरुद्ध खबरदारी गर्नेसम्मका कार्यमा दाह्री ग्याङको सक्रियता रहने गरेको छ । सिर्जनात्मक र नवीनतम काममा पनि अग्रसर छन् दाह्री ग्याङका युवा ।

    हिजो बुधबार साँझ दाह्री ग्याङका युवाहरूले प्रधानमन्त्री केपी ओलीलाई भेटेर रकेट प्रोजेक्ट ‘गरुडा’का बारेमा जानकारी गराए । ‘राष्ट्रका लागि युवा’ अभियानमा दाह्री ग्याङसहित विभिन्न क्षेत्रमा क्रियाशील डेढ सयभन्दा बढी संघसंस्था छन् ।

    रकेट उडाउन अनि पानीले चल्ने गाडीको मास प्रोडक्सन गर्नका लागि प्रधानमन्त्रीसँग भेट गरिएकाे दाह्री ग्याङका युवाहरूले बताएका छन् । भेटमा ऊर्जामन्त्री टाेपबहादुर रायमाझी पनि थिए ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा दाह्री ग्याङका युवाहरूसित प्रधानमन्त्रीले भेटवार्ता गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रका लागि युवा, दाह्री ग्याङसँगको भेट ।’

    वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसर पारेर १४ मार्चमा आफूहरूले बनाएको रकेट लन्च गर्ने कुरा प्रधानमन्त्रीलाई सुनाएको दाह्री ग्याङका एड्मिन जगदीश भण्डारीले बताए । उनीहरूको योजना मन पराएर प्रधानमन्त्री ओलीले रकेट उद्घाटन गर्ने वचन दिएका छन् ।

    कसरी सुरु भयो दाह्री ग्याङ ?
    पुस २०७२ सालतिर दाह्री पालेका जगदीश आफ्ना केही साथीसहित संस्कृतिविद् सत्यमोहन जोशीलाई भेट्न ललितपुरस्थित उनको घर गएका थिए । पुराना केही तस्वीरबारे जानकारी लिने उनीहरूकाे उद्देश्य थियो । जोशीसित भेट्न पहिल्यै त्यहाँ केही पत्रकार पनि पुगेका थिए । ती सबैले दाह्री पालेका थिए । उनीहरूलाई देख्नेबित्तिकै संस्कृतिविद् जोशीले ठट्टामै भनिदिए, ‘तपाईंहरू दाह्री ग्याङ त होइन नि !’ जोशीको त्यो शब्द चित्तमा लागेर जगदीश र उनका साथी मिलेर ७ फागुन २०७२ मा जन्माएका थिए दाह्री ग्याङ, जुन आज फेसबुकका प्रतिष्ठित नेपाली ग्रुपमध्ये पर्छ ।

    जगदीशले रमाइलो गर्ने उद्देश्यले नै दाह्री ग्याङ नामको ग्रुप खोलेका थिए । पछि उनले यो ग्रुपलाई तथ्यपूर्ण सूचना र सामाजिक गतिविधितिर मोडिदिए । अहिले दाह्री ग्याङमा विभिन्न क्षेत्रका १ लाख ६ हजारभन्दा बढी युवा जोडिएका छन् । देशविदेशमा दाह्री ग्याङको ब्यानरमा सामाजिक काम हुँदै आएको छ । जगदीशका अनुसार कतार र कोरियामा दाह्री ग्याङको संगठन नै बनेको छ । दुःखमा परेका र बिरामी भई उपचारका लागि पैसा नभएकाहरूलाई दाह्री ग्याङका प्रवासी युवाले सहयोग जुटाउने गरेका छन् l१० वर्षमा नेपाललाई सामाजिक र आर्थिक रूपमा सम्पन्न मुलुककाे रूपमा स्थापित गर्न सरकारलाई सक्दाे सहयाेग गर्ने जगदीश बताउँछन् ।

    फेरि यो ग्रुप दाह्री पाल्नेहरूका लागि मात्र होइन, नपाल्नेहरू पनि थुप्रै छन् । ‘ग्रुपको उद्देश्य नै केही नयाँ गरौँ, सामाजिक क्षेत्रमा सक्रिय बनौँ भन्ने हो’, जगदीश भन्छन् । र, यसमा रमाइलाे नहुने नै पनि हाेइन । दाह्री पालेका युवाहरू ग्रुपमा तस्वीर पाेस्ट गर्दै कमेन्टबाजी गर्छन् भने दाह्री नभएकाहरूले पनि विभिन्न रमाइलाे पाेस्ट गर्ने गरेका छन् ।

    पाँचौँ वार्षिकोत्सव मनाउँदै
    दाह्री ग्याङले आज आफ्नो पाँचौँ वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा ग्याङले साउथ एसियन कलेजमा ‘इन्टरनेट सुरक्षा सचेतना कार्यक्रम’ आयोजना गरेको छ । यस अवसरमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएकाे जगदीशले बताए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑