• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      १ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा ?

  • विनोद भुसाल
  • २०७७ फागुन २, आईतबार (२ साल अघि)
  • १३२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

     

    फेसबुकमा पछ्याउनुहोस्

    वर्तमान समयमा शिक्षा र राजनीतिसंगै जोडेर बोले वा लेखे मन पराउनेहरु धेरै छन् । थोरैले मन पराउँदैनन् शिक्षामा राजनीति बढी भयो । त्यसो नभएको भए राम्रो हुन्थ्यो । यो सुधार्नु पर्छ । शिक्षा विग्रेको राजनीतिले नै हो भनेर ठोकुवा गर्नेहरु पनि नभएका होइनन् । शिक्षाबाट राजनीति अलग गर्ने हो भने नमूना हुन्छ हाम्रो शिक्षा । यस प्रकारका टिप्पणी, बहस र चर्चा प्रत्येक दिन सुन्न र देख्न पाइन्छ । धेरैलाई भ्रम पनि छ शिक्षासंग राजनीतिक कुरा गर्नेहरुसंग तर, वास्तविकता चाहीं के हो त ? शिक्षा र राजनीति जोडेर बोल्न लेख्न नै नहुने हो त ? यी दुईको सम्बन्ध कस्तो हुनुपर्ने हो ? यसबारे विश्लेषण भने जरुरी छ ।
    राजनीति आफैंमा गहिरो शब्द हो । नीतिहरु मध्येको श्रेष्ठतम् नीति राजनीति हो । राजनीति विधिसंग जोडिएको छ । यो त देशको शासन प्रणाालीसंग गाँसिएको छ । त्यसैले त राजनीति दर्शनबाट निर्देशित छ । राजनीतिसंग आस्था र विचारसंगै दृष्टिकोण जोडिएको हुन्छ । अर्कोतर्फ राजनीतिबाट दर्शन, विचार आस्था वा दृष्टिकोणलाई अलग गर्ने हो भने त्यो राजनीति हुनै सक्दैन । त्यसैले सिंगो राष्ट्रलाई अग्रगति प्रदान गर्ने मुलुक हाँक्ने भनेको राजनीतिले हो । कुनै पनि राष्ट्रको मस्तिष्क नै राजनीति हो । मस्तिष्क कमजोर हुनु भनेको व्यक्ति पालगपन तर्फ उन्मुख हुनु हो । राजनीति कमजोर भएमा, स्पष्ट चीत्र नभएको अपाड्ढ अवस्थामा रहेको अपूर्ण सोच, चिन्तन वा विचार नै गलत राजनीति हो । भ्रम हो जसले राष्ट्रलाई अधोगति तर्फ धकेलिदिन्छ ।

    राजनीति जटिल विषय हो । विभिन्न विद्वानका भनाइ स्मरण गर्नु सान्दर्भिक हुन्छ तर यहाँ ती शब्दहरु उल्लेख गरि रहनुले अनावश्यक पट्यार बढ्न सक्छ । सतहमा कुनै कुरा देख्नु र बुझ्नु अनि त्यही कुरा गहिराईमा वा सम्मैमा पुग्दा पाइने अन्तर हामी हाम्रो राजनीतिबाट बुझ्न सक्छौं । राजनीति उत्तम नीति हो । यसमा कुनै शंका छैन । राजनीति आकाश हो भने आकाशका असंख्य ताराहरुलाई राजनीति भित्रका अनेकन विषयबस्तुसंग तुलना गर्न सकिन्छ ।

    राजनीतिबाट शिक्षा अलग गर्नै सकिन्न । शिक्षा राजनीतिको अनेकौं विषयमध्ये एक विषय हो । तसर्थ राजनीति भित्र शिक्षा अटाएको छ । हामीले बुझ्ने यसरी हो । यदी शिक्षामा राजनीति अटाउन खोज्यौं भने घ्याम्पोको पानी लोटामा अटाउन खोजेजस्तो हुन्छ । जुन छताछुल्ला भै पोखिन्छ । हाम्रो सन्दर्भमा यसो भएको हुनसक्छ । हामीले राजनीतिको मर्म बुझेनौं वा बुझेर पनि हेप्न लाग्यौं । लोटाबाट खन्याउनु पर्नेमा घ्याम्पोबाट लोटामा सार्न खोज्दाको परिणाम हामी भोगिरहेका छौं । शिक्षा राजनीतिको अभिन्न विषय बन्नुपर्छ । समयानुकुल र राष्ट्र तथा जनताको आवश्यकता अनि माग बमोजिमको शिक्षालाई राजनीतिले बोक्नुपर्छ ।

    म्याद गुज्रिएको औषधि जस्तो सोह्रौं शताब्दीको शिक्षा बोकेर राजनीति सफल हुँदैन । अनि राष्ट्र क्रमशः असफलता तर्फ जान्छ । सबैखाले विचार भित्र शिक्षा बहसको विषय बन्नुपर्छ । राजनीतिमा शिक्षामा विश्लेषण गर्नुपर्छ । आवश्यकता, माग र वर्तमान युगको विकसित प्रविधिसंगै शिक्षालाई हेर्ने, बुझ्ने र सोअनुरुपको नीतिलाई राजनीतिमा समावेश गर्नैपर्छ तबमात्र शिक्षा सही बन्न सक्छ साथै राजनीति पनि प्रष्ट र तिखारिने अवसर पाउँछ ।

    भनाइ र तर्कहरु अनगिन्ती श्रृंखला सरह सुन्नमा आएका छन् । शिक्षा र राजनीति एकअर्काका पुरक हुन् । विना शिक्षाको राजनीति पूर्ण हुनै सक्दैन भन्ने भनाई राख्नेहरु पनि नभएका होइनन् । ती भनाइमा आफ्नै खाले तर्कहरु पनि देखिन्छन् । यी विषय बहस, चर्चा र विश्लेषण हुनै पर्ने घेरामा प्रारम्भदेखि नै पर्दछन् । त्यसो त एउटा मान्छेले मान्छेको पूर्णता प्राप्त गर्न कति कुराहरुको जरुरी पर्छ, त्यो हामी आँकलन गर्न सक्छौं । त्यस्तै राजनीतिले पूर्ण प्राप्त गर्न आवश्यक त्यसका अवयव मध्ये महतवपूर्ण र शिर्षस्थानमा पर्न सक्छ–शिक्षा । सही शिक्षाले नै राजनीतिको सफलता निर्धारण गर्दछ । गलत शिक्षा राजनीतिको असफल संकेत हो ।

    हाम्रो मुलुकको सन्दर्भमा नजिकबाट मूल्याड्ढन गर्न सकिन्छ । हाम्रै शिक्षा सधैं अन्यौलमा नै हिडिरह्यो, भौतारिरह्यो । कहिले अरुको देखासिकी र कहिले अरुको भनाईमा चलिरह्यो भने कतिपयले आफ्नो स्वार्थ अनुरुप शिक्षालाई प्रयोग गरे । हाम्रो शैक्षिक अवस्था सधैं र आलोचना बनेको मुख्य कारण पनि यही हो । हाम्रो शिक्षा नीति राजनीतिमा अटाएको छैन । राजनीतिको विषय नेपालको शिक्षा भएको छैन ,शिक्षा नीति त जनताको भोटको विषय बन्यो ,चन्दा र अन्य आर्थिक कारोवारहरुको विषय बन्यो । व्यक्तिको व्यवहार परिवर्तन तथा राष्ट्रिय स्वार्थ अनुकुलको विषय शिक्षा बनिनुपर्छ–राजनीतिमा । राजनीतिमा शिक्षाले अनि कार्य र सहज स्थान पाउनुपर्छ । यसको अर्थ शिक्षक र विद्यार्थीले राजनीतिको दुरुपयोग गर्ने भनेको होइन । अनि राजनीतिक दलहरुले शिक्षक र विद्यार्थीमार्फत् राजनीति गर्ने पनि होइन ।

    निश्चय नै, शिक्षक, विद्यार्थी तथा अन्य पेशागत क्षेत्रबाट राजनीतिक क्रियाकलाप संचालन भएमा राजनीतिक काम नै गर्ने अभिप्रायका सम्बन्धित दलहरुका जिम्मेवार कमिटीका जिम्मेवार व्यक्तिले के गर्ने ? प्रश्न उठ्न सक्छ । यसरी शिक्षा र राजनीतिमा व्यक्ति व्यक्तिमा बहस र चर्चा गरिनुपर्छ । तब मात्रै राजनीतिमा चेतनाको स्तर देख्न सक्छ । अनि व्यक्तिले राजनीतिलाई दर्शनसंग जोडेर बुझ्ने दृष्टिकोणको विकास गर्न सक्छ ।

    वर्तमान नेपालको राजनीति र शिक्षा

    राजनीति र शिक्षालाई हेर्ने बुझ्ने दृष्टिकोणमा ठोस र सत्य आधार पाइँदैन । राजनीति र शिक्षालाई सही अर्थमा बुझ्ने व्यक्ति अत्यन्त कम छन् र बुझेकाले पनि सतहबाट मात्र व्याख्या गरेको पाइन्छ । अल्मल्याउन खोजेस्तो मात्र देखिन्छ । राजनीति स्वभाविकरुपमा निश्चित दर्शनबाट निर्देशित हुनछ । भौतिकवादी दर्शन वा आध्यात्मवादी दर्शनले निर्देशित गरेका विचार र तर्कका पछाडिका विषय नै राजनीतिका विषय हुन् ।

    शिक्षालाई राजनीतिको एउटा पक्षको रुपमा हेरिनु पर्नेमा शिक्षाभित्र राजनीतिक चलखेल नै अभिष्ट ठानिरहेका छन्–हाम्रा राजनीतिकर्मीहरु । राजनीतिक दर्शन अनुरुपको व्यवहार छैन–हाम्रा राजनीतिकर्मीहरु । राजनीतिमा त्यसैले त अन्यौल छ, पहिचानमा समस्या बनेको छ । काल्पनिक चित्रमा वास्तविकता खोज्नु मुर्खता बढिरहेको छ । आफ्नोपन अर्थात् मौलिकता र स्वभाव अनुरुपको राजनीति नहुनुले राजनीतिक दलहरुको परिचय अप्ठ्यारोमा परिरहेको छ ।

    प्रजातन्त्रको गफ बढि व्यवहारमा फितलो र कमजोर बनिरहेको छ । अनि प्रजातन्त्रवादी भनिने राजनीतिक दलहरुको दशा दिन प्रतिदिन बिग्रदै गएको छ र अर्कै कुरुप बस्तु पो बन्ने स्थिति छ । त्यस्तै कम्युनिष्ट दर्शन अर्थात् माक्र्सवादी निर्देशनलाई मार्गदर्शक विचार बोक्ने भन्नेहरु आवरणमा नै रुमल्लिरहेको स्थिति छ । नाम एउटा र व्यवहार तथा स्वरुप अर्को हुनाले थप समस्या बनिरहेको छ । विचारमा स्पष्टता र व्यवहारमा कठोरता नहुने हो भने राजनीतिको सही अर्थ र पहिचान रहँदैन त्यो त मात्र रंग दलेको पशुजस्तो हुनेछ ।

    त्यस्तै शिक्षाको गलत प्रयोग र व्याख्या भयो । शिक्षाले राम्रो संग राजनीतिमा स्थान पाएन । यो नै वर्तमान नोपलको राजनीति हो –ठूलो बन्न आतुर नयाँ दर्शन बनेको छ । असल बन्नुपर्ने वैज्ञानिक दर्शन छायाँमा परेको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑