कपिलवस्तु , २ फागुन ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा वडा नं. ३ र ४ काे जगदीशपुरमा एकता किशोरी समुहले दीप प्रज्वलन गरी उर्लदो सय करोड दिवस मनाइएको छ ।
महिला तथा किशोरीहरु माथि विभिन्न किसिमले यौन उत्पीड़न भइरहेको, बाटोमा एक्लै हिड्दा देखेर सिटी बजाउने, जिस्काउने, गीत गाने, सांकेतिक रूपले इशारा गर्ने, बिना अनुमतिको फोटो खींचने, पीछा गर्ने, अशब्द प्रयोग गरी बोलने, छूना खोजने, छेड़छाड़ गर्ने, जबरजस्ती शरीर छूने, लोभ देखाउने, बलात्कारको शिकार हुने, कुटपिट गर्ने, छोराछोरी बीच भेदभाव गर्ने, संस्कार एवं परम्पराको नाममा बन्देज तथा अधिकारबाट वञ्चित गर्ने हात्य समेत हुने भएकोले यस्ता हिंसा जन्य गतिविधिबाट सचेत गरिने उद्धेश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
दलित सामाजिक विकास केन्द्रका सामाजिक परिचालक परशुराम निगमले हामी एउटै बगैँचाको जस्तै हो बगैँचाको जसरी रेखदेख, हेरचाह गरी हुरकाउन को लागि पालनपोषण गरिन्छ । जस्तै आफ्नो समुदायको पालनपोषण गर्न, धैर्य, रचना,प्रेम, हेरचाह, सावधानता, उपस्थिति, लगनसिलता र प्रतिबद्धता आवश्यक भएको बताउँदै बगैँचा जस्तै सँधै यस समाजमा महिला, किशोरीहरु हराभरा हुनेपर्ने बताउनुभयो ।
बिश्वको कुल ७ अर्ब जनसंख्यामध्ये १ करोड महिला हिंसाबाट पिडित रहेकोे बताउँदै महिला हिंसालाई न्यनीकरण गर्ने कुरामा जोड दिँदै कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
जगदीशपुर प्रहरी चौकीका इन्चार्ज हेम बहादुर जी.सी. ले समाज मा हुनु घट्न हरु लाई प्रहरीलाई ढुक्क भएर जानकारी दिनु , महिला हिंस र किशोरी माथि हुन याैवन जन्य क्रियाकलाप राेक्न काे लागि हामी सधै सक्रिय रहेका छाै र दलित सामाजिक विकास केन्द्र लाई विशेष खाल धन्यवाद दिनु भएको छ ।
किशोरी अभियानता समूहको आयोजना र दलित सामाजिक विकास केन्द्र तथा केयर नेपालको सहयोगमा किशोर किशोरी बीच अन्तर समूह सम्बाद कार्यक्रम भएको दलित सामाजिक विकास केन्द्रका सामाजिक परिचालक कस्तूरी अग्रहरीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा सामाजिक सहजकर्ता राजकुमार गौतम, अभिभावक आमा, धर्म गुरु, किशोर, किशोरी समूहकी किशोरीहरु लगायतको उपस्थिति रहेको थियो ।