कपिलवस्तु , १ फागुन
कपिलवस्तु जिल्ला काे गाेरुसिङ्गे मा राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखा काे बैठक सम्पन्न भएको छ ।
बैठक मा फागुन २१/२२ गते बुटवलमा हुने राष्ट्रिय दलित पत्रकार संघ काे राष्ट्रिय सम्मेलन काे पुर्व तयारी काे लागि , कपिलवस्तु शाखा लाई व्यवस्थापन गर्न काे लागि , दलित पत्रकारहरुलाई कसरी सदस्यता दिने , नेपाल पत्रकार महासंघ मा दलित पत्रकारहरु लागि सदस्यता काे लागि र अन्य विषयवस्तु काे बारेमा छलफल भएको थियोे ।
दलित पत्रकार संघ कपिलवस्तु शाखा का अध्यक्ष कृष्ण हरिजन काे अध्यक्षता र राष्ट्रिय दलित पत्रकार संग लुम्बिनी प्रदेश काे अध्यक्ष चिन्ता परियार काे प्रमुख अतिथ्यता मा बैठक सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश का अध्यक्ष चिन्ता परियार ले सम्मेलन मा देशभर का ७७ जिल्लाहरु बाट दलित पत्रकार हरु काे सहभागीता रहनेछ । परियारले भने दलित पत्रकार काे हकहित काे बारेमा जहिले काम गर्न त्यार रहेको छु । कपिलवस्तु शाखा का अध्यक्ष हरिजन ले कपिलवस्तु बाट हामी पुर्णरुप मा सहयोग गर्न गराउन तयार रहेको छाै ।
बैठकमा संघका अध्यक्ष कृष्ण हरिजन , कोषाध्यक्ष राम शरण रैदास, सचिव विक्रम विश्वकर्मा, सदस्यहरु , धनीराम कोरी, राम बहादुर गन्धर्ब, राज कुमार चमार , शम्भु विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।
कपिलवस्तु शाखा ले सदस्यता विस्तार गर्दै ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । आजको बैठकले हर्टबिट एफएममा कार्यरत पत्रकार सागर विश्वकर्मा र रेडियो समानता मा कार्यरत पत्रकार प्रकाश विश्वकर्मालाई जिल्ला कार्यसमितिमा मनोनित गरिएको हो।