मदाने गुल्मी – गुल्मीमा अन्दाजी १३ वर्षीया बालिका माथी जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।
जिल्लाको मदाने गाउँपालिका – ४ म्यालपोखरी की अन्दाजी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मालिका गाउँपालिका ४ अखर्बाङका २९ वर्षीय रमेश भनिने जगत बहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पीडित परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय पुर्कोट दहमा दिएको उजुरिका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले गए राती पक्राउ गरेको बताईएको छ ।
जबर्जस्ती करणीमा पक्राउ परेका रानाले मदाने गाउँपालिका ४ मा ज्यामी काम गर्दै आएका थिए ।
घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।