कपिलवस्तु , २८ माघ।
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगकरपालिका भित्र रहेको फलाहारी बाबा बहुमुखी क्याम्पस काे सभाहाल मा समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी र न्यायिक समिति काे काम , कर्तव्य र अधिकार काे बारेमा , हाम्रो समाजमा भएका परम्परागत मुल्य मान्यताहरु काे बारेमा , बाल बिबाह , रक्सी , महिला हिंसालाई कसरी कम गर्न सकिन्छ महाराजगन्ज नगरपालिका भित्र समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम छलफल भएको थियो ।
सम्वाद कार्यक्रममा प्रहरी ले अाम व्यक्तिहरु संग राम्रो सम्बन्ध बनाएर काम गर्दा सजिलो हुन्छ , न्यायिक समितिले एक अर्का निकाय संग सहकार्य गरेको काम गर्छ भने सेवा लिने अाम जनताले राम्रो खाल काे सुविधा पाउछन् । छलफल भएको थियो ।
अाम व्यक्तिहरु काे गर्ने काम काे बारेमा , घटना किन घट्छ , शिक्षा काे पहुँच बाट महिला टाढा , मान्छे भएर मान्छे संग मानव काे व्यहार गर्नु पर्छ जस्तो विषयवस्तु मा छलफल भएको थियो ।
समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रमलाई
UKAid , VSO र international Alert मधेस मानव अधिकार गृह (महुरी हाेेम ) संस्थाहरु काे अार्थिक सहयोग अनि सहज परियाेजना र सामुदायिक प्रहरी साझेदारी समिति महाराजगन्जले संयुक्त रुपमा अायाेजना मा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा महाराजगन्ज नगरपालिका का उपप्रमुख सुभवाती कुर्मी , न्यायिक समिति सदस्य राजेन्द्र कुर्मी , वडा ११ का अध्यक्ष जगदीश प्रसाद तिवारी , वडा ८ का अध्यक्ष याेगेन्द्र के. सी ,वडा ६ का अध्यक्ष हेमन्त कुमार चाधरी , इलाका प्रहरी कार्यालय महाराजगन्ज का हाेम बहादुर पुन , उदयपुर प्रहरी चाैकी का यज्ञ बहादुर सुनार , सुरक्षा बेस महाराजगन्ज (APF) का मिनराज भट्ट अनि अरु प्रहरीहरु रविन्द्र हरिजन , इन्द्र जीत यादव ,काशी राम गाैतम , प्रतिभा राई , रिखीराम निगम , लक्ष्मी चाैरसिया लगायत अन्य पुरुष र महिलाहरु काे उपस्थिति पनि रहेको सामाजिक परिचालक कृष्णप्रसाद यादव ले जानकारी दिनु भयो ।