चर्चित एबम लोकप्रिय गायक युबराज आचार्यको नयाँ ‘गीत बाटो दैलाको पानी घैलाको ‘ सार्बजनिक भएको छ । बिगतका सिर्जना जस्तै यो सिर्जनामा पनि मौलिकतालाई मध्यनजर गरि गीत सांगतिक बजारमा सार्बजनिक भएको छ ।
बिगत केहि वर्ष यता जापानलाई कर्म थलो बनाएका गायक आचार्यले दर्जनौ गीत संगीत मार्फत आफुलाई दर्शक तथा स्रोता माझ लोकप्रिय बनाउन सफल भएका छन् ।
अहिलेको समयमा निकै बेस्त गायिका सुनिता बुढा क्षेत्रीको आवाज र गायक युवराज आचार्यको आवाजमा रहेको गीत एक मौलिकता बोकेको लोक दोहोरी गीत हो ।
गीत ‘बाटो दैलाको पानी घैलाको ‘ मा गीतकार बिदुर शर्माको उत्कृष्ट शब्द तथा गायक स्वएम युवराज आचार्यको संगीतमा बजारमा आएको छ । गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ । गीतको म्युजिक भिडियोमा चर्चित निर्देशक तथा कोरियोग्राफर काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफर रहेको छ भने अर्जुन तिवारी र साथीहरुको छायांकन तथा दीपक बिस्टको सम्पादन रहेको छ भिडियोमा लोमश शर्मा काजिश श्रेष्ठ र गरिमा शर्माको नृत्य देख्न सकिन्छ ।
युबराज आचार्यको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि दर्शक स्रोताको माया पाउन सफल होस् हाम्रो शुभ कामना ।
हेरौ गीतको भिडियो ..