• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ८ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ८ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ८ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्थिक

    विदेशबाट फर्केर सामुहिक तरकारी खेती

  • बुटवल दैनिक
  • २०७७ माघ २८, बुधबार (२ साल अघि)
  • ६३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    गुल्मी – विश्वमै महामारीको रुपमा आएको कोरोनाले धेरैको भविष्य अन्योल बनाएको छ । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगार समेत गुमेका छन् । तर गुल्मीको रेसुङ्गा नगरपालिकाका युवाहरु भने विदेशबाट फर्केर सामुहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् । रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४० बर्षिया राजन कुँवर विगत १० बर्षदेखि मलेसियामा विभिन्न रेस्टुरेन्ट तथा अन्य कम्पनीहरुमा काम गर्थे । तर व्यक्तिगत कामको लागि गत फगुन २४ गते स्वदेश फर्के । त्यसपछि कोरोना महामारी सुरु भयो । विदेशको भिसा पनि कम्पनीले बन्द गरिदियो । परिवार चलाउनकै लागि अर्थोपार्जका विभिन्न उपाय सोच्दै गरेका उनले सामुहिक कृषि खेतीको अवधारणा बनाए । अहिले उनीसहित सिमिचौरका पाचँ र रेसुङ्गा नगरपालिका ४ अर्खलेका एक गरी ६ जना मिलेर गत जेठबाट सिमिचौरमै सामुहिक तरकारी खेती गरिरहेका छन् । उनीसहित टोप बहादुर कुँवर, फर्सुराम कुँवर, रबी कुँवर, सुवास कुँवर र टेकराज कुँवरले सामुहिक तरकारी खेती सुरु गरेका हुन् । उनीहरु सबैजना वैदेशिक रोजगारीबाट लकडाउनमा घर फर्किएका हुन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    छ जना युवाहरुले सिमिचौरकै १० जनाको कुल ७२ रोपनी जग्गा १० बर्षको लागि भाडामा लिएका छन् । उक्त जग्गा छ बर्षदेखि बाँझो थियो । जसले गर्दा खेतमा रुख उम्रिएर जङ्गलमा परिणत भएको थियो । युवाहरुले आफुहरुको परिश्रमसहित कुल ६ लाख लगानीमा ५५ रोपनी जङ्गल (खेत) फडानी गरी अहिले तरकारी लगाएका छन् । जग्गाधनीमध्ये केहीले एक वा दुई बर्षको भाडा छुट गरेका छन् । त्यसपछि भने बार्षिक ६० हजारजति जग्गा भाडा बुझाउनुपर्ने कुँवरले बताए । खेतमा अहिले पाचँ क्विन्टल आलु लगाएका छन् । त्यस्तै गोपि, प्याज, काँक्रा, घिरौला लगायतका तरकारीका नर्सरीहरु रहेका छन् । अन्य तरकारीका बेर्नाहरु पनि सिजनअनुसारका उत्पादन गर्छन् । अहिलेसम्म प्याज, गोपि लगायतका बेर्ना बिक्रिबाट मात्रै एकलाख भन्दा बढी आम्दानी गरिसकेका छन् । अहिले बारिमा बन्दागोपि, लोकल गाजर, साग, मुला, टमाटर, केराउ लगायतका तरकारीहरु रहेका छन् । उत्पादित कृषिजन्य सामग्री सबै रेसुङ्गा नगरपालिकाको हाटबजारमा बिक्रि हुने गरेका छन् । कृषि उपज लिन नगरपालिकाको गाडी फर्म नजिकै आउने भएकोले बजारको समस्या नभएको अर्का कृषक फर्सुराम कुँवरले बताए ।
    विदेशमा काम गर्नेको तुलनामा ६० प्रतिशत मात्रै मिहिनेत गरे राम्रो आम्दानी हुने राजनको भनाई छ । भविष्यमा आफुहरुले उक्त ठाउँलाई टमाटरको पकेट क्षेत्र बनाउने योजना रहेको उनले बताए । विदेशमा अरुको मातहतमा काम गर्न परेपनि स्वदेशमा ‘आफ्नै हात जगन्नाथ’ हुने उनको अनुभव छ ।
    ७२ मध्ये बाँकी रहेको केही जग्गा फडानी गरी तरकारी खेती गर्न तयारी अवस्थामा राखिएको छ । बाँकी रहेको २०÷२२ रोपनी जग्गामध्ये केही भाग भडानी गरी बाख्रा पाल्ने र केही भाग बाख्राको लागि चरन क्षेत्र बनाउने कुँवरले बताए । अब एक÷डेढ महिनाभित्रै खोर बनाउन सुरु गरिने कुँवरको भनाई छ । खोरमा चारसय सम्म बाख्रा पाल्ने र उक्त बाख्राको लागि घाँस पनि लगाउने कृषक टोप बहादुरले बताए ।

     

    सिमिचौरकै २६ बर्षिया सुवास कुँवर रोजगारीको शिलशिलामा अहिलेसम्म तीन देश घुमे । सुरुमा मलेसिया गए । तर दलालको कारण काम राम्रो नभएपछि दुई महिनामै घर फर्के । त्यसपछि भारत र कतार गए । तर कोरोनाको कारण काम बन्द भएपछि घर फर्किए । गाउँमै केही काम गर्ने सोच बनाएका उनले सामुहिक खेतीमा भविष्य देखे र काममा होमिए । आफुको सानैदेखि कृषिमा रुचि भएकोले पनि अहिले तरकारी खेती गर्दा आनन्द लागेको उनले सुनाए । त्यसका साथै विदेशमा भन्दा स्वदेशमा काम गर्दा छुट्टै प्रकारको आनन्द आउने उनको अनुभव छ । ‘विदेशमा अरुको मातहतमा बस्नुपर्छ, समयमा तलब आउने ग्यारेन्टी समेत हुँदैन ।’ उनले भने, ‘यहाँ त आफ्नै प्रकारको स्वतन्त्रता छ ।’ आफुहरुले काम गर्दा अहिलेसम्म खुसि नै रहेको उनको भनाई छ ।

    सामुहिक कृषि खेतीमा लागेका अर्का सदस्य ३७ बर्षिया टेकराज कुँवर विगत पाचँ बर्षदेखि मलेसिया थिए । तर कोरोनापछि गाउँ बस्ने सोच बनाएर सुरु गरेको तरकारी खेतीबाट सन्तुष्टि मिलेको उनको अनुभव छ । अहिले आफुहरुलाई काम गर्नको लागि विभिन्न कृषि सामग्री फर्मसम्म पु¥याउन तथा उत्पादित कृषिजन्य उपजहरु बजारसम्म लैजान मोटर बाटोको समस्या तथा सिँचाईको लागि पानी भएपनि पाइपको समस्या रहेको उनले बताए । त्यस्तै विभिन्न कृषिजन्य सामग्री जस्तै हाते ट्याक्टर, टनेल, बीउ तथा आवश्यक मल लगायतका सामग्री पाए आफुहरुको उत्पादनमा बृद्धि हुने उनले बताए । मलेसियामा बार्षिक ४ देखि पाचँ लाख आम्दानी हुनेगरेकोमा यहाँ त्यो भन्दा बढी हुने अपेक्षा गरेको उनको भनाई छ ।

    रेसुङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख हरीशरण पन्थीले नगरपालिकाभित्रका व्यवसायीक फर्महरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम रहेको बताए । अनुदान, कृषकहरुलाई तालिम, युवा लक्षित कार्यक्रम, हाते ट्याक्टर, स्प्रेयर जस्ता सामग्री दिने पन्थीले बताए । कृषकहरुको उत्पादनलाई बजारको ग्यारेन्टी नगरपालिकाले गरेको र यसबाट धेरै कृषक लाभाम्बित भएको उनले जानकारी दिए । नगरपालिकाले हाटबजार संचालन गरी नगरपालिकाले तोकेको दरमा जुनसुकै प्रकारका कृषि उपजहरुको बजारको ग्यारेन्टी गरेको पन्थीले जानकारी दिए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑