पाल्पा ,माघ २७ ।
पाल्पाको जिल्लाकै उत्कृष्ट शैक्षिक सस्था मिलेनियम स्कुलका विज्ञान संकाय तर्फ सागर गिरी र व्यवस्थापन संकाय तर्फबाट रोजिना बिश्वकर्मा कक्षा १२ नतिजा अनुसार जिल्ला प्रथम भएका छन । लामो समय देखि उत्कृष्ट नतिजा प्रदान गर्दै आएको यस शैक्षिक सस्था पटक पटक जिल्लामा उत्कृष्ट नतिजा प्रदान गर्दै आएको छ । विज्ञान संकायबाट जिल्ला प्रथम हुन सफल सागर गिरीले कक्षा ११ मा ३.५९ र कक्षा १२ मा ३.७९ गरि कुल ३.६९ जि पि ए ल्याउन सफल भएका छन । विज्ञान संकाय तर्फ नै अशिस काफले,अस्मिता पाण्डे,सुजिता शाक्य,अप्सना कामु, गिता चिदी, आकृति रिजाल, शुसिल कामु, कृपा कर्मचार्य, विनिता हमाल, सन्देश जगं कुवर क्षेत्री, निर्मल घर्ती, कविता पाण्डे, सन्जु नेपाल, दिपेश क्षेत्री, राधिका वि क, आकाश रेग्मी, डेविट अधिकारी, निश्चल घिमिरे, तुल्सी शारुले उत्कृट ग्रेड ए प्राप्त गरेका छन । व्यवस्थापन संकाय तर्फ रोजिना विश्वकर्माले कक्षा ११ मा ३.५४ र कक्षा १२ मा ३.६२ गरि कुल ३.५८ जिपिए प्राप्त गर्नु भएको छ । निरञ्जन पाण्डे, कृपा क्षेष्ठ, दिक्षा कुवँर, रिता पराजुलीले उत्कृष्ट जिपिए ग्रेड ए प्राप्त गरेका विधालयकी प्रधानध्यापक चुरि कला शारुले जानकारी दिनु भयो
Aa