• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १२, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपाली कामदारलाई कोरियामा रोजगारीका लागि नयाँ क्षेत्र खुल्ला, यसरी सजिलै जान सकिने

      ७ मिनेट अघि

      सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

      ४५ मिनेट अघि

      भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

      ५९ मिनेट अघि

      बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

      १ घण्टा अघि

      भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

      १ घण्टा अघि

      को हुन् चर्चित गायिका मेलिना राईको जिवनसाथी ? (हेर्नुस् )

      २ घण्टा अघि

      नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

      २ घण्टा अघि

      कठै बरा!! दुई खुट्टा छैनन् तर छोरिलाई ढाडमा बोकेर काममा जान्छिन् ,घर पुग्दा यस्तो बिजोक रहेछ, हेर्नुस् भिडियो

      २ घण्टा अघि

      अमेरिकी राष्ट्रपतिलाई चीनको चेतावनी- हामी आगो हौं, आगोसँग खेल्दा आफ्नै….

      २ घण्टा अघि

      करोडको गाडी चढेर जनताको समस्या देखिदैँन , आफ्नो पुरानो बाइक चद्छु : हर्क साम्पाङ

      ३ घण्टा अघि

      अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

      ३ घण्टा अघि

      बाबुआमा मजदुरी गर्छन्, एउटा खुट्टा छैन् हिडेरै स्कुल पुग्छिन्

      ३ घण्टा अघि

      अभिनेत्री ज्याकलीनका कारण नेपाल आउन ठिक्क परेका अभिनेता सलमान खानको ‘दबंग टुर’ सर्‍यो

      ३ घण्टा अघि

      दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

      ३ घण्टा अघि

      बर्दियामा मान्छे खाने बाघ फेरी निस्कियो, हेर्दा हेर्दै ५४ बर्षिया आमालाई बाघले खा’यो (भिडियो हेर्नुस)

      ३ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १२, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    एक करोड खर्चमा बनेकाे ‘नाचघर’

  • बुटवल दैनिक
  • २०७७ माघ २७, मंगलबार (१ साल अघि)
  • ९०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    घोराही उपमहानगरपाालिका केन्द्र घोराही बजारदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको ‘घोरदौरा’ गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारी स्तरबाट योजना तयार भयो । पर्यटन विकासका लागि त्यहाँ ‘नाचघर’ निर्माण गर्न २ वर्षअघि लुम्बिनी प्रदेश सरकारले योजना छनोट गरेर एक करोड बजेट विनियोजन गरेको थियो । निर्माण कम्पनीका अनुसार आइतबार मात्रै निर्माण सम्पन्न भएको यो नाचघरको लागत निकै अस्वाभाविक रहेको स्थानीयको भनाइ छ । लगात अनुसारको संरचना निर्माण नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    भिरालो जमिनलाई डोजर प्रयोग गरेर मैदान बनाइयो । पश्चिम तर्फको खाल्डोलाई समेत जमिनको सतहमा बराबर गर्नका लागि वाल (भित्ता) निर्माण गरियो । त्यसरी मैदान बनाएपछि दुईवटा कोठाको नाचघर निर्माण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधिका अनुसार यी दुई कोठा नाच्ने कलाकारहरूको कपडा परिवर्तनका लागि तयार गरिएको हो । त्यसकै अगाडी नाच्नका लागि स्टेज निर्माण गरिएको छ । स्टेजको ओत टिनको छानो छ । स्टेज नजिकै पूर्वतर्फ दर्शक दिर्घामा छ । दर्शक बस्नका लागि ढुंगाको पेटी (सिँढी) बनाइएको छ ।

    ‘सिँढीमा प्रयोग गरिएका ढुंगा जिल्ला बाहिर रुकुम, रोल्पा र प्युठानबाट ल्याइएको हो,’ नाच घर निर्माणको निगरानी गरेको जिल्ला वन कार्यालयका इन्जिनियर कृतिसिङ जिसीले भने, ‘ढुंगा खरिद र ढुवानीका लागि पनि महंगो लागत खर्च भयो ।’ नाचघरदेखि पूर्व तर्फको भिरालो जमिन बर्खाको समयमा जोखिम हुने देखिन्छ । बर्खा पानी परेको अवस्थामा उक्त नाच घरसम्म भिराले जमिनबाट भेल बग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । भौतिक संरचनाको बनोट र यसमा खर्च भएको लागत निकै अस्वाभाविक भएको भन्दै चौतर्फी आलोचना भए पनि यसको अनुगमनको जिम्मा पाएको जिल्ला वन कार्यालयले भने निर्माण लागतमा केही तलमाथि नभएको दाबी गरेको छ ।

    भिरालो जमिनलाई मैदान बनाउन, पश्चिम तर्फबाट वाल (भित्ता) उठाएर जमिनको सतह बराबर बनाउँदा ठूलो रकम खर्च भएको कार्यालयको भनाइ छ । ‘पश्चिम तर्फको खाल्डोबाट पूर्व तर्फको जमिनको सतहसम्म बराबर बनाउँदा धेरै खर्च लागेको छ,’ इन्जिनियर जिसीले भने, ‘त्यो आरसिसी वालमा मात्रै ४० लाख रुपैयाँ खर्च भएको छ ।’ उनका अनुसार स्टेजमा प्रयोग गरिएका ‘प्युठानी’ ढुंगा अधिक महंगो रहेकाले पनि लागत बढेको हो । ‘प्युठानी ढुंगा प्रयोग भएका छन्,’ उनले भने ‘महंगो यो ढुंगा खरिद र ढुवानीमा पनि धेरै खर्च लागेको छ ।’

    स्टेजको छानो पनि उत्तिकै महंगो पर्न भएको उनको भनाइ छ । यो छानोमा प्रयोग भएको ‘मेटेरियल’ काठमाडौंबाट ल्याइएको उनले बताए । उक्त स्थानमा पानीको व्यवस्था छैन । घोराहीबाटै पानी ढुवानी गर्नुपर्ने भएकाले रकम महंगो परेको इन्जिनियर जिसीको भनाइ छ । नाचघर निर्माणका लागि एक करोड रुपैयाँ खर्च भएको छ । तर, यो घरले पूर्णता भने अझै पाएको छैन । पूर्णता दिनका लागि चालु आर्थिक वर्षमा थप ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नाच हेर्नका लागि जाने दर्शकका शौचालय निर्माणलगायत दर्शक बस्ने सिँडी बढाउनका लागि उक्त रकम खर्च गर्ने निर्माण कम्पनीले जनाएको छ ।

    जिल्ला वन कार्यालयका अनुसार लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक नाचघर निर्माण गर्ने योजना तयार गर्‍यो । जिल्लामा हुने कार्यक्रममा परम्परागत नृत्यको प्रवद्र्धनका लागि नाचघर बनाउने लक्ष्य प्रदेश सरकारको थियो । मुख्यमन्त्री शंकर पोखरेलले घोरदौरमा ठाउँ छनोट गरे । मुख्यमन्त्रीले त्यहाँबाट हिमाल पनि देख्न पाइने र घोराही बजार समेत देख्न सकिने भएकाले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न उक्त ठाउँ छनोट गरेको स्रोतको भनाइ छ । तर, घोरदौरासम्म पुग्नका लागि कच्ची धुलाम्य सडक छ ।

    घोराहीमा भएको कार्यक्रमका सहभागीलाई नाच देखाउनका लागि मात्रै ६ किलोमिटर पहाड उकाल्ने ? भन्ने प्रश्नमा वन कार्यालय स्रोतले भन्यो ‘खोई त्यो त थाहा भएन ।’ भौगोलिक विकटतासँगै नाचघर निर्माण गरिएको ठाउँमा खानेपानीको समेत व्यवस्था छैन । न पक्की सडक, न खानेपानीको सुविधान अत्यावश्यक पूर्वाधारको ख्यालै नगरेर घोरदौराको डाँडोमा निर्माण गरिएको नाचघरको औचित्यमाथि अहिले प्रश्न उठेको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

    भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

    अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

    समाचार

    सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

    भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑