रुपन्देही, माघ २६ ।
रुपन्देही उ्रद्योग संघले सियारी गाउँपालिका र उधोगी विच अन्तरक्रिया गरेको छ । औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका विषयमा अन्तरक्रिया गरिएको हो ।
सियारी गाउँपालिकाको कृषि, पर्यटन र उत्पादनसँगै रोजगारी अभिबृद्धिका लागि गाउँपालिकाले विभिन्न गतिविधि गरिरहेको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । उद्यमीहरुलाई गाउँपालिकाले गर्नुपर्ने सहजीकरण गर्न सधै तयार रहेको समेत बताउनु भयो । उहाँले भन्नुभयो—“हामीले कृषि, पर्यटनको विकासका लागि नीति बनाएर काम गरिरहेका छौं, गाउँपालिकालाई दुध, माछा मासु र अण्डामा आत्मार्निभर बनाउन अनुदानका ब्यवास्था गरेर कार्यक्रम गरिरहेका छौं ।” स्थानिय उतपानदनलाई बाजरिकरणमा गाउँपालिका र उद्योग संघ मिलेर काम गर्नु पर्ने उहाँको भनाई थियो ।
गाउँपालिकामा स्थापना भएर संचालनमा रहेका तथा नयाँ स्थापना गरिने उद्योगहरुलाई सहजिकरण भैरहेको गाउँपालिका उपाध्यक्ष अमृता गरुङले बताउनु भयो ।
स्थानीय श्रोत र साधनको परिचालन गरी उद्यमशिलता विकास, रोजगारी अभिबृद्धि र व्यवसायिक विकासलाई तिव्रता दिनु पर्ने संघका अध्यक्ष बाबुराम बोहोराले बताउनुभयो । कृषिको व्यवसायिकरण, पर्यटन प्रवद्र्धन र उ्रत्पादनशिल बृद्धिका लागि स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताउनु उहाँको भनाई छ ।
कार्यक्रमा संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले संघले थालनी गरेको अभियानले उद्यमशिलता विकासमा टेवा पुग्ने बताउनु भयो ।
सहज र सरल रुपमा उद्योग संचालनको वातावरण तयार गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईले बताउनु भयो ।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष शेर बहादुर गुरुङ्ग, संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, संघका महासचिव जिवकान्त काफ्ले, सियारी गाउँपालिकामा उद्योग संचालन गर्नु भएका उद्योगीहरु झपेन्द्रराज अर्याल, पिताम्बर न्यौपाने, जोगराज अधिकारी लगायतले उद्योग संचालनका क्रममा भोग्नु परेका अप्ठ्यारा र समस्याहरुको बारेमा जिज्ञासा राख्नु भएको थियो । संघले जिल्लाका हरेक स्थानीय तहमा पुगेर त्यस क्षेत्रको सम्भावनाको खोजी गर्ने, कोषको व्यवसायीकरण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, रोजगारी अभिवृद्धि गर्ने र समग्रमा औद्योगिक विकासका लागि छलफल र बहस गरिरहेको छ ।