पाल्पा, माघ २६,
नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य एवम युवा नेता माेती लाल भण्डारीले सुशील काेइराला युथ सर्कल पाल्पाद्वारा अायाेजित श्रमिक सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्व सभापति स्वगीय सुशील काेइरालाले धेरै संघर्ष गरि ल्याएको संविधान र ती संविधानमा लेखिएका नागरिकहरूकाे हक अधिकार माथि खाेस्न खाेज्ने तानाशाहहरूलाई पानीकाे फाेका झै अन्त्य गर्ने शक्ति नेपाली काङ्ग्रेसका कार्यकता,नेपाल विद्यार्थी संघसँग रहेको बताउनु भयाे । राणा शासन,पंञ्चायती शासन,राज सस्था नेपाली काङ्ग्रेसकाे नेतृत्वमा हटाउन सफल भएकाे बताउदै केपि अाेलीले संविधान मिचेर जुन तानाशाही बन्न खाेजेका छन । त्यस्काे विरूद्वमा नेपाली काङ्ग्रेस एक्लै लडन तयार रहेको बताउनु भयाे । अब अाेली सरकार उक्त असंवैधानिक कदमबाट पछि नहटे अाफुहरू युवाहरू सडकमा अाई निरङ्गकुश तानाशाही प्रवृतिलाई फर्दाफास गर्न युवाहरू अान्दाेलनमा हाेमिने बताउनु भयाे ।
कार्यक्रममा पाटीका सभापति वीर बहादुर रानाले देशमा तीन तहकाे सरकार अाए पनि श्रमिकहरूकाे जीवनस्तर फेरिन नसकेको बताउनु भयाे । श्रमिक पहिले जुन अवस्थामा थिए अहिले पनि उहीँ अवस्था गुजरिरहेकाे छ त्यस तर्फ सरकारकाे ध्यान पुग्न नसकेको बताउनु भया । नेपाली काङ्ग्रेस पाटी भनेको जहिले पनि श्रमिकहरूकाे सम्मान,उचित व्यवस्थापनका लागि स्थापना काल देखि लागि परेको बताउनु भयाे । नेपाली काङ्ग्रेस श्रमिककाे अान्दाेलनबाट जन्मिएकाे पाटी भएकोले श्रमिककाे सम्मानकाे लागि काम गरेको बताउनु भयाे । कम्युनिस्ट सरकारले सर्वहारा र श्रमिककाे नारा बाेकेर हिडेका सरकारमा पुग्दा ती सर्वहारा र श्रमिक का लागि केही गर्न नसकेको बताउनु भयाे । नेपाली काङ्ग्रेसका युवा नेता राम कुमार श्रेष्ठ,ने वि संघका पुर्व ईकाई सभापति सुरेन्द्र चाैधरी,नेपाल तरूण दलका जिल्ला सभापति मेजर सिंह केसी,नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्यापसका ईकाइ सभापति हरिबाेल भट्टराई,नेपाल विद्यार्थी संघका जिल्ला सभापति सुरेश बाेहाेरा,पत्रकार सन्तोष गहतराज लगाएतले बाेल्नु भएको थियाे । कार्यक्रम जिल्ला सह सचिव विवेक भट्टराईकाे सञ्चालन र सुशील काेइराला युर्थ सर्कल पाल्पा संयाेजक युवराज चन्द्र ठकुरीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।
श्रमिकहरूलाई टाेपी,स्वास्थका सामाग्री तथा एक छाक भाेजन पनि खुवाईएकाे जिल्ला संयाेजक ठकुरीले बताउनु भयाे ।