सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ प्रभावित श्रमजीवी पत्रकारहरूलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघलगायत सरोकारवाला निकायलाई आग्रह गरे ।
‘कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवी पत्रकारहरूलाई तत्काल राहत दिन आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरूको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’ मन्त्री गुुरुङले भने, ‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन सरोकारवाला निकायलाई उनको आग्रह थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवी पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफलमा उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गरेका छन् ।