बुटवल ।
लाफा समूह बुटवलको आयोजनामा शुक्रबारदेखि तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता २०७७ शुरु भएको छ ।
प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घघाटन गर्दै नगरमा खेलकुदको विकासमा स्वतस्फूर्त अग्रसर धेरै संघसंस्थाहरु रहेको बताउनु भयो । पछिल्लो समय खेलकुदका विद्यालाई समेट्ने गरि खेलकुद विकास समितिमा आवद्धता मार्फत काम अघि बढेको भन्दै उहाँले अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय विविध पुर्वाधार विकासमा आफू लागेको बताउनु भयो ।
लाफा समुहका अध्यक्ष तारा रेश्मी मगरले यो प्रतियोगिता लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता भएको दाबी गर्नु भयो ।
प्रतियोगिताको खुल्लातर्फ उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५, उपविजेताले नगद ४१ हजार ५ सय ५५ र तृतियलाई ३१ हजार ५ सय ५५ रुपैया, ट्रफि मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । भेट्रान्स तर्फ २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ तथा तृतियलाई १० हजार ५ सय ५५ रुपैया ट्रफि मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा प्रतियोगितामा उत्कृष्ट, अनुसासित र उदयमान खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।
प्रतियोगिताका संयोजक पुरन गाहाले टप रेकिङभन्दा बाहिरका खेलाडीहरुले भाग लिएको बताउनु भयो । यसवर्ष खुलातर्फ ६४ र भेट्रान्स तर्फ २६ गरि ९० टिमको सहभागिता रहेको छ ।शुक्रवार पहिलो चरणका खेल सम्पन्न भएका छन ।
२०७६ सालमा स्थापना भएको लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ ।