नवलपरासी, २३ माघ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका मा रहेकाे युवा , बालबालिका , महिला , जेष्ठ अपांग तथा सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई चाडै समाधान गरिने रामग्राम नगरपालिका मेयर नरेन्द्र गुप्ता ले जानकारी दिनु भएकाे छ।
रामग्राम नगरपालिका मा रहेकाे वडा न १ देखि १८ सम्मकाे सबै समस्याहरुलाई समाधान गरि जनतालाई सहजता प्रदान गरिने अाफ्नाे मुख्य जिम्मेवारी रहेकाे प्रतिबद्धता ब्यक्त गर्नु भएको हाे।
रामग्राम नगरपालिका क्षेत्र भित्र रहेको लागुपदार्थ दुर्ब्यसनि बढि हुने भएकाेले यस तर्फ पनि समाधानका लागि अाफु लागि परेकाे बताउनु भयाे।
याे नगरपालिका अन्तर्गत रहेकाे यी विभिन्न समस्याहरु समाधान गर्न नगरपालिका ले कुनै पनि कुरामा पछि नपर्ने ठाेकुवा गर्नु भयाे।
नगरपालिका अन्तर्गत रहेकाे सम्पुर्ण सरकारी गैरसरकारी संघसंस्थालाई रामग्राम काे सम्पुर्ण समस्या समाधान गर्न सबैमिलेर जानू पर्ने सबैमा निर्देशन समेत गरिसकेकाे बताउनु भयाे ।
याे बर्षकाे खास गरि बाल मैत्री नगर घोषण क्षेत्रमा बिनियाेजित कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ र २० प्रतिशत कार्य प्रक्रियामा रहेको जानकारी दिनुभएको छ।