नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदोबाटोस्थित बन्दकर्ताहरु भएका ठाउँमा पुगेका छन् ।
आफ्नो समूहले गरेको बन्द सफल बनाउन सातदोबाटो पुगेर प्रचण्डले केहीबेर बन्दकर्तासँगै नारा लगाएका थिए ।
प्रचण्ड–माधव समूहले बिहीबार देशव्यापी रुपमा आमहडताल गरेको छ । आमहडतालका कारण जनजीवन प्रभावित भएको छ ।
त्यस्तै ठाउँठाउँमा प्रहरी र बन्दकर्ताबीच मुठभेडसमेत भएको छ । प्रहरीले बन्द गराउँदै हिँडेका दर्जनौंलाई नियन्त्रणमा लिएको छ ।