बुटवल । बुटवलमा बन्दको प्रभाव परेको छ । प्रचण्ड–नेपाल समूहको नेकपाको आह्वानमा देशैभर आयोजना गरिएको आम हड्तालको असर बुटवलका मूख्य सडकमा धेरै परेको छ ।
बन्दलाई कडाई बनाउन प्रचण्ड–नेपाल समूहका कार्यकर्ता मूख्य–मूख्य चोकमा ठूलो संख्यामा गाडिहरुलाई रोकेर राखेका छन् । यद्यपि, एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु भने रोकिएका छैनन् । बुटवलको राजमार्ग चौराहमा केहीबेर अघि कार्यकर्ताले टायर बालेका थिए ।
पूर्व देखि आएका एक दर्जनभन्दा धेरे ढुवानी तथा सवारीका गाडीहरु लामबद्ध रोकिएका छन् । यता मिलनचोकमा पनि ठूलो संख्यामा गाडिहरु रोकेर राखिएको छ । मुख्य राजमार्ग बाहेक बुटवलका भित्रि सडकहरुका पसल व्यवसाय भने आँशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई–रिक्साहरुलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन ।