प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार विहान ११ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिएका छन् ।
यसअघि परिषद्ले संवैधानिक अंगहरुमा नियुक्तिको सिफारिस गरेको थियो । सभामुख अग्नि सापकोटाले संसद विघटन भएको अवस्थामा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइ हुन नसक्ने भन्दै सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । त्यसको केही दिनपछि डाकिएको संवैधानिक परिषदको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । के विषयको छलफलका लागि बैठक बोलाइएको हो ? भन्ने यकिन भइनसकेको उनले जानकारी दिए ।