डडेल्धुरा : डडेल्धुरामा बाघको छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालीका– ६ तोली स्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट अजयमेरू गाउँपालिका–१ का २९ वर्षीय जगत सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सयुक्त टोलीले चेकजाच गर्ने क्रममा सुपप्र ०४००१ प ०५४८ नम्बरको मोटरसाईकबाट अबैद छाला सहित उनलाई पक्राउ गरेको डडेल्धुरा प्रहरीले जनाएको छ।
पक्राउ परेका भण्डारीको साथबाट भालुको ठुलो पित्त एक थान, ठुलो बाघको जस्तो देखिने छाला एक थान, सानो बाघको जस्तो देखिने छाला एक थान बारमद गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
डीएसपी नेपालका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कारबाहिको लागी डिभिजन वन कार्यालय डडेल्धुरामा बुझाएको छ। माघ १० गते साँझ ५ बजेतिर भण्डारीलाई पक्राउ गरिएको भएपनि डडेल्धुरा प्रहरीले आज मात्रै जनाकारी गराएको हो।