मदाने ।
मदानेमा किशोरीहरुका लागि आइरन र फोलिड एसिड सम्बन्धि पालिकास्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
मदाने गाउँपालिका स्वास्थ्य शाखा पुर्कोट दह गुल्मीको आयोजना तथा एकीकृत ग्रामिण विकास समाज र सुआहाराकोको प्राविधिक सहयोगमा आज सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम भन्ने मुल उदेश्यका साथ आइतबार पालिकाका विभिन्न विद्यालयहरुमा सो कार्यक्रम गरिएको छ ।
मदाने गाउँपालिका भित्र रहेका १० बर्षदेखी २० बर्ष सम्मका किशोरीहरुलाई आइरन र फोलिड एसिड प्रदान गरिएको छ । विद्यालय गएका किशोरीहरु र स्कुलमा छुटेका सम्पुर्ण किशोरीहरुलाई महिला स्वास्थ्य स्वयंसेबिका मार्फत प्रदान गरिएको छ । यो लगातार १३ हप्ता सम्म प्रदान गरिनेछ र १३ हप्ता छोडेर फेरि १३ हप्ता खुवाइने सुआहारा कर्मचारी मोहन भुषालले जानकारी दिए ।
सो कार्यक्रमको आज पहिलो दिन अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै सुरु गरिएको छ । साथै मदाने वडा न ३ सिर्सेनिमा वडा अध्यक्ष नारायण घर्ती बाट अभिमुखिकरण कार्यक्रमको उद्घाटन गरिएको छ । साथमा सुआहारा कर्मचारी मोहन भुषाल र हेपो इन्चार्ज रन्जित कुमार यादबको उपस्थितमा वडा न ३ सिर्सेनीमा कार्यक्रम गरिएको छ ।