कैलालीमा १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार पक्राउ पर्नेमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकी छन् ।
किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका अधारमा दुवै जनालाई पक्राउ गरिएको र एक जना अझै फरार रहेको विष्टले बताए । ‘पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ’, प्रहरी नायब उपरीक्षक विष्टले भने ।