जोजास क्रिएशन प्रा लि को निर्माण तथा प्रस्तुति रहेको कमला अधिकारीको “मुना” सामाजिक बिषयवस्तुमा आधारित नयाँ गितिकथा शनिबार सार्बजनीक भएको छ। मुना एउटा यस्तो गीतिकथा हो जहाँ हजारौ नेपाली चेलीहरुको दु:ख पिडालाइ चित्रण गरिएको छ ।
मुनामा समाजका यिनै घटनाक्रमलाई उतार्ने कोशिश गरिएको छ।स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई बिष्णु भट्टराईले निर्देशन गरेका हुन् । कमला अधिकारीको शब्द तथा लय रहेको मुना एक गरिब परिवारमा हुर्किएकी दुर्गम गाउकी बच्चाले आफु र आफ्नो आमाले भोगेका पिडाहरुलाई समेटेको समग्र जीवन वृतान्त हो।
पुष्पा न्यौपाने,गणेश अधिकारी ,र अंशु खनालको मुख्य अभिनय रहेको मुनामा अन्य कलाकारको पनि रोचक प्रस्तुति रहेको छ। मुनाको जोडदार अभिनय गरेकी पुष्पा न्यौपाने मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत कानुनकी विधार्थी हुन् भने गणेश भट्टराई कयौं नेपाली चलचित्रमा अभिनय गरिसकेका कलाकार हुन्। बालकलाकार अंशु खनालको प्रस्तुति पनि ले दृश्य निर्माण गर्दा उपस्थित दर्शकहरुलाई रुवाएको थियो । मुनामा स्वर दिएकी गायिका कमला अधिकारी सरकारी विद्यालयकी शिक्षिका हुन्। विभिन्न पत्रपत्रिका तथा अनलाइनमा निरन्तर लेख प्रकाशित गरिरहन्छिन ।पुरा भिडियो हेर्न तलको लिंकमा जानु होला