भारतबाट घर फर्कदै गरेका बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरका एक ब्यक्ति बिच बाटै बाट बेपत्ता भएका छन ।
भारतबाट छोरा छोरी र श्रीमति सहित गाउ आउदै गरेका बाटाकाचौर खोला खर्कका अन्दाजि ३५ बर्षका मुक्त बहादुर बिक (पितु) चन्द्रकोट गाँउपालिका को खसिमारे बाट बेपत्ता भएका हुन ।
रोजगारीका लागी भारतको दिल्लीमा सपरिवार रहेका उनि परिवारको साथमा फर्किदै गर्दा खसिमारेमा गाडि बिग्रेको र दिशा गर्न भनि गाडिबाट झरेका उनी माघ १२ गते दिउसो देखि बेपत्ता भएका हुन ।
उनि झरेको स्थान वरिपरि खोजी गर्दा बाटो भन्दा तल उनको टोपी भेटिएको बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरकी वडा सदस्य दिपा सुनार ले बताउनु भयो ।
बेपत्ता बिकको मानसिक अबस्था समेत सामान्य रहेको श्रीमती अमृता बिक ले बताउनु भयो । बिक श्रीमती र छोरा र छोरी लिएर आफ्नो घर बाटाकाचौर फर्कदै थिए । बेपत्ताको खोजीकार्य जारिरहेको ईलाका प्रहरी कार्यलय बरेङले जनाएको छ ।