• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बुटवलमा एमालेको गण भत्काउने को हुन् खेलराज पाण्डे ?

      ४७ मिनेट अघि

      रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

      ५५ मिनेट अघि

      यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

      २ घण्टा अघि

      प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…..

      ३ घण्टा अघि

      चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

      ३ घण्टा अघि

      अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

      ३ घण्टा अघि

      एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

      ४ घण्टा अघि

      दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

      ५ घण्टा अघि

      हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

      ५ घण्टा अघि

      कति हुन्छ वडा सदस्यदेखि महानगरका मेयरको तलब ? (सूचिसहित)

      ५ घण्टा अघि

      कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ

      ६ घण्टा अघि

      बालेनको लौरोले टाउकोमै हिर्काएपछि बाहिरियो नेपाली कांग्रेसको आधिकारिक धारणा, दियो नसोचेको प्रतिक्रिया

      ८ घण्टा अघि

      बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

      ८ घण्टा अघि

      काठमाडौंको मेयरको मतपरिणामा तहल्का मच्चाइरहेका बालेन साहको संसदमा पनि भयो ईन्ट्री, सांसदहरुको गयो सातो

      ८ घण्टा अघि

      झण्डै ३ महिनापछि पनि खुट्टा कमाएन् युक्रेनले, रुसको अर्को प्रस्ताव गरिदियो ठाडै अस्वीकार

      ९ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    शीतलहरले कठ्याङ्ग्रियो तराई–मधेश

  • बुटवल दैनिक
  • २०७७ माघ १५, बिहिबार (१ साल अघि)
  • ५०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहितमध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई सातादेखि घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ । प्रायः दिनभर मौसम प्रतिकूल भएपछि चहलपहल घटेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    जाडोमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गर्दछन् भने आर्थिक विपन्नता हुने कतिपय मानिस कठ्याङ्ग्रिएर मर्ने गर्दछन् । चिसो बढेसँगै बजारमा जाडोका कपडाको व्यापार बढेको छ । जाडो याममा न्यानो लुगाफाटोको बिक्री बढ्नुका साथै माछा, मासु र अण्डाको बिक्री पनि बढेको छ । अत्यधिक चिसोको कारण तरकारी खेती पनि प्रभावित हुन थालेको छ । चिसोका कारण धान थन्काउने तथा गहँु र तोरी छर्ने चटारोमा रहेका किसानलाई समेत समस्या भएको छ ।

    आलुबालीको पात तुषारोका कारण गल्नसक्ने सम्भावना देखिन थालेको छ । कृषि क्षेत्रमा मौसमको प्रतिकूलताले नोक्सान हुने सम्भावना बढ्न थालेको छ । आकाशमा दिनभरनै लाग्ने गरेको कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले आलु र गोलभेंडाका बोट नष्ट हुन थालेका छन् । मिथिला नगरपालिकाका किसान राम उदगार महतोले आलु र गोलभेंडा फल्ने बेलामा ह्वात्तै बढेको चिसो र शीतलहरका कारण रोग लागेर बिरुवा नै सुक्न थालेपछि किसान मर्कामा परेको बताउनुभयो । उहाँले गोलभेँडा र आलुमा डढेलो, तोरी र सिमीमा पात सुख्ने र काउलीको भित्री डाँठ नै कुहिन थालेको बताउनुभयो ।

    खाद्य तथा पोषण सुरक्षा आयोजना जनकपुरधामका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बाक्लो कुहिरोसँगै चलेको शीतलहरले तेलहन, दलहन तथा तरकारी बालीमा समस्या हुने जानकारी दिनुभयो । तराईमा सम्भवत पुसको पहिलो हप्तादेखि माघको अन्तिमसम्म बढी जाडो हुने गर्छ । यस पटक पुसको अन्तिम सातादेखि तराई–मधेसमा शीतलहरको ‘कहर’ शुरु भएको छ । बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन । शरीर कठ्याग्रिन थालेपछि बाक्लो लुगा लगाउन थालेका छन् । आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोमजस्ता विपन्न समुदायका लागि शीतलहर कहर मात्रै नभइ काल बनेर आउने गरेछ ।

    यस्ता विपन्न गरिब समुदायको सिरक डसना भनेकै पराल हो । उनीहहरु कठ्यिाग्रिएर आगो ताप्न पनि पराल नै बाल्ने गर्छन् भने पराल नै ओछ्याएर सुत्ने गर्छन् । क्षीरेश्वरनाथ नगरपालिका–३ का ५५ वर्षीय पचु मुसहरले भन्नुभयो, “पराल ओछ्याएर सुते पनि माथि खरकै छानो भएकाले जबजब रात छिपिँदै जान्छ, शीत छानाबाट तप तप चुइँन थाल्छ, राम्रोसँग निदाउन सकिँदैन ।”

    प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल बनेको छ । शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ । दैनिक कामगरी खाने मजदूर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन् । शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले गरीब तथा विपन्नलाई कसरी जाडोबाट बच्ने भन्ने न सूचना दिएका छन्, न त कुनै राहतका कार्यक्रम नै सार्वजनिक गरेका छन् ।

    प्रदेश नं २ को राजधानी जनकपुरको पनि अवस्था चिन्ताजनक छ । “रिक्सा पेल्न बजार ननिस्किए चुलो नबल्ने चिन्ता, निस्किए कठ्याग्रिदो चिसोले ज्यानै जाने डर छ”, जनकपुरधाम उपमहानगरपालिका–२ का ठेला चलाउने रामप्रवोध सदाले भन्नुभयो । उहाँले ठेला चलाएर थोरै आम्दानी हुने भएकाले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको बताउनुभयो । सदाले भन्नुभयो, “न्यानो कपडा नहुँदा घरमा पराल ओछ्याएर रात काट्ने गरेको छु, हाम्रो पीडा सरकारसमक्ष पु¥याइदिनुस् ।”

    सदा जस्तै पीडा अन्य विपन्न समुदायका मजदूरको पीडा पनि उस्तै छ । दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने मजदूर, किसान र रिक्साचालक जाडोबाट बढी प्रभावित भएका छन् । जाडो र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रभाव बढी देखिएको छ । दमका रोगीको सङ्ख्या पनि बढेको चिकित्सकको भनाइ छ ।शीतलहर शुरु भए पनि स्थानीय तहले जाडोबाट बच्ने उपाय तथा पूर्व तयारीबारे कार्यक्रम नल्याएको सर्वसाधरणको गुनासो छ ।

    जनता आवास कार्यक्रमले प्रदेश नं २ का जिल्लाका दलितको झुपडी भत्काएर दुई कोठे पक्की घर निर्माण गर्न लागे पनि त्यस्ता घरको छाना, झ्याल ढोका नहुँदा अवस्था झनै दयनीय छ । यहाँका बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ । जनता आवासले दुई वर्षअघि घर बनाउन थाले पनि छाना नहाल्दा चिसोमा पाल टाँगेर बस्न बाध्य हुनुपरेको महोत्तरी भङ्गाहा नगरपालिकाका मुसहर बस्तीका रामपृत सदाले बताउनुभयो ।

    एक्कासि चिसो बढेपछि विभिन्न जिल्लाका सरकारी कार्यालयमा आउने सेवाग्राही समेत समस्यामा परेका छन् । सधैँ भिडभाड हुने जनसरोकारका सरकारी कार्यालयमा बढ्दो चिसोका कारण सेवाग्राहीको उपस्थिति पातलिँदै गएको छ । बाक्लो हुस्सुका कारण जनकपुर विमानस्थलवाट हुने हवाई उडानसमेत प्रभावित भएको छ । मङ्गलबार बिहानैदेखि बाक्लो हुस्सु लागेकाले जनकपुर विमानस्थलको सम्पूर्ण हवाई उडान चार दिनदेखि प्रभावित भएको छ ।

    खराब मौसमका कारण जनकपुर काठमाडौँ उडान रद्द गरिएको जनकपुर नागरिक उडड्यान कार्यालय जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिनुभयो। गौतमका अनुसार, मौसममा आएका खराबीका कारण विमानस्थलमा जहाज उडान र अवतरणका लागि न्यूनतम दुई हजार मिटर भिजिबिलिटी आवश्यकपर्नेमा जनकपुर विमानस्थलमा हुस्सु लागेका कारण भिजिबिलिटी ५०० मिटर मात्रै भएकाले सबै उडान रद्द गरिँदै गरिएको हो ।

    अत्यधिक चिसोको कारण सार्वजनिक यातायात सेवामा पनि यात्रु नभएर खालीखाली गुडेको देखिन्छ । बाक्लो कुहिरोका कारणले सवारीसाधन सडकमा गुडाउनमा पनि समस्या भइरहेको छ । खास गरेर न्यूनतम तथा अधिकतम तापक्रमका बीचमा खासै भिन्नता नभएका कारणले अत्यधिक मात्रामा चिसो महसुस गरिएको छ । जनकपुरधामको आज बिहानको तापक्रम १० डिग्रीमा झरेको थियो ।

    चिसो बढेसँगै प्रादेशिक अस्पताल जनकपुरधाम र र विभिन्न स्थानीय तहको स्वास्थ्यचौकीमा बिरामीको चाप पनि बढेको छ । चिसोसँगै भाइरल ज्वरोको प्रकोप अझै बढ्ने सम्भावना देखिएको छ । सम्पन्न व्यक्तिभन्दा विपन्न वर्गमा शीतलहर र भाइरल ज्वरोको प्रकोप देखिएको छ । बढ्दो चिसोका कारण स्वास्थ्य संस्थामा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वाशप्रश्वासका बिरामीको सङ्ख्या बढेको देखिएको छ । चिसोको मौसमी प्रताडना भोग्नुपरे पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । तत्काल राहत उपलब्ध गराउन पीडितपक्षले माग गर्दै आएका छन् ।

    प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा जामुनप्रसाद सिंहको अनुसार चिसोबाट जोगिन धुवाँ–धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलपूmल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने तथा प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ ।

    डा सिंहले भन्नुभयो, “यसका अतिरिक्त धुलोधुवाँ, चिसो र सङ्क्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन । बिरामी र केटाकेटीका लागि चिसो खतरा हुन्छ । चिसो र हुस्सुबाट जोगिन खानपिनमा पनि विशेष ध्यान दिनु जरुरी छ ।”

    चिकित्सकहरूले चिसोबाट जोगिन शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने, तातो खानेकुरा तथा तातो पानी झोलिलो पदार्थ सेवन गर्नका लागि सर्वसाधारणमा आग्रह गरेका छन् र साथै आवश्यक काम नभएको खण्डमा घर बाहिर ननिस्कनका लागि समेत आग्रह गरिइएको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

    हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

    समाचार

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑