गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकमा जिप दुर्घटना भएको छ । धुर्कोट गाउँपालिका –४जैसिथोक गोपेमा बुधवार राति जिप अनियन्त्रीत भएको हो । गोपेका स्थानियलाई अर्घाखाँचीको सुपादेउरालीबाट ल्याई गोपेमा छाडेर जैसिथोकबाट तम्घास फर्कने क्रममा जिप सडकबाट १०० मिटर तल खसेको छ । जिपमा सवार चालक र सहचालक सकुशल नै रहेका छन् । लु १ ज १२९७ नं. को जिप सडक भासिदाँ दुर्घटना हुन पुगेको स्थानिय विमल कुँवरले जानकारी दिनुभयो ।