रुपन्देही माघ १४ – रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न. ४ फर्साटिकरमा रहेको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे,भिडियो एक्सरे सुभारम्भ गरिएको छ। बुधबार एक कार्यक्रमबिच नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभयो ।
मन्त्री पौडेलले एक्सरे सेवा सङ्गै स्वास्थ्य बिमा कार्यक्रम र अस्थायी कोरोना अस्पतालको उद्घाटन गर्नुभएको छ। स्वास्थ्य केन्द्रमा सेवा विस्तार भएसङ्गै शुद्धोधन गाउँपालिकाका जनताहरु लाभान्वित हुने भएका छन। उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले शुद्धोधनका हरेक क्षेत्रको विकासमा आफू विगतमा दिनमा पनि लागिरहेको र आगामी दिनमा पनि आफ्नो र आफ्नो मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै उहाले संघीय सरकारको कार्यक्रम अनुसार १५ सैयाको अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन भएको पनि बताउनुभयो ।