फर्साटिकर रुपन्देही,
माघ १४ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.४ फर्साटिकरमा १ जना महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छन।बुधबार बिहान बिहान १० बजेको समयमा ७२ वर्षिय नुमकुमारी डुम्रे अन्य महिलाहरु सङ्ग आगो ताप्ने क्रममा सुरुमा सुतिको साडी र टाउजरमा आगो सल्केपछी अन्य महिलाले आगो निभाउने प्रयास गरेका थिए ।
एक्कासि साडी र डाउजरमा आगो दल्केपछि शरीरको तल्लो भाग जलेको छिमेकी तथा सङ्गै आगो तापेकी शोभा आलेले बताइन। गम्भीर घाइते डुम्रेलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ।