नेपाली लोक संगीतमा एउटा छुट्टै पहिचान बनाउन सफल गायक हुन् रामचन्द्र चन्द। बिगत लामो समय देखि नेपाली लोक संगीत क्षेत्रमा आवद्द रहेर मौलिकपन लाई आत्मा साथ् गर्दै दर्जनौ गीत गीत निकाल्न सफल गायक चन्दको यति बेला अर्को एक मौलिक गीत मैना ( कोहि आफ्नो छैन ) सांगीतिक बजारमा आएको छ। गायक चन्दलाई आवाजमा साथ् दिएकि छन् गायिका माया सारुले। गायक चन्दाकै संगीत संयोजन रहेको गीतमा चर्चित गायक एबम सर्जक कमल खनालको लय छ भने शब्द सुर्य न्यौपानेको रहेको छ।
बिरेन्द्र भाटको निर्देशन रहेको गीत मैना (कोहि आफ्नो छैन )मा छायांकन भने महेश महराको रहेक छ। भिडियोमा गान्धिव सुबेदी ,रुपा कंडेल ,सर्मिला अर्याल ,दिप्सों के सी लगाएतलाई देख्न सकिन्छ। बिरेन्द्र भाटले सम्पादन गरेको गीत मैना (कोहि आफ्नो छैन )लाई रामचन्द्र चन्दको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।
हेरौ गीतको भिडियो