लागुऔषध ब्राउन सुगरसहित एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २५ वर्षीय सरोज पन्तलाई पक्राउ गरेको हो । पन्तलाई ब्राउन सुगरसहित प्रहरीले सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पन्त शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा भेटाएपछि खानतलासी गर्दा उनको साथबाट पाँच पुडिया ब्राउन सुगर र उनले लुकाइछिपाइ राखेको दुई लाख ४३ हजार ४० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।