ललितपुर । ललितपुरमा एक पुरूषको शव भेटिएको छ । सोमबार दिउँसो ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित बागमती करिडोमा एक पुरूषको शव भेटिएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार ललितपुर र काठमाडौं दक्षिणकाली जोड्ने बागमती करिडोर नदीमा ती पुरूषको शव फेला परेको हो।
नग्न अवस्थामा फेला परेका अन्दाजी २५/३० वर्षीय पुरूषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उनको शरीरमा ‘भी’ लेखिएको ‘ट्याटु’ फेला परेको छ। उनको पहिचान खुलाउन परिसरले आफ्नो फेसबुक पेजमा शवको तस्बिर सार्वजनिक गरेको छ। उनलाई चिन्नेले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।