नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १९ देखि ३० माघसम्म आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले १९, २४ र ३० माघमा आन्दोलन गर्ने भएको हो । १९ माघ भ्रातृ संगठन र २४ माघ शुभेच्छुक संगठनले आन्दोलन गर्ने र २० माघ जिल्लामा प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको हो ।