अर्घाखाँची माघ १३ गते, अर्घाखाँचीमा शितगंगा नगरपालिकाको सितापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन । शितगंगा नगरपालिकाको वडानं २ बस्ने २४ बर्षिय शन्तोष घिमिरेले आफ्नै २ बर्षिय छोरी सृष्टि घिमिरेको मंगलवार दिउँसो रसीले घाँटीमा कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी ठाडाले जनाएको छ ।
उनकि श्रीमती घरायसी झगडाका कारण माइतमा बस्दै आएकी थिईन l उनकी २ बर्षिय छोरी बाबु संगै बस्दै आएकि थिइन । तिनै २ बर्षिय छोरीको आज आफ्नै बाबुले हत्या गरेका हुन प्रहरीले जनाएको छ । घटनामा सङ्लग्न बाबु प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको छ ।
(बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)