प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरिदिएपछि आन्दोलित बनेको नेकपाको प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सोमबार संघर्षका थप कार्यक्रमबारे जानकारी दिएका छन् । श्रेष्ठले प्रतिनिसभा विघटन गर्ने कदम खारेज नभएसम्म आफूहरुको संघर्ष जारी रहने पनि जनाएका छन् ।