कपिलवस्तु – कपिलवस्तु नगरपालिका वडा नः ६ मा रहेको श्री तिलौराकोट माध्यमिक विद्यालय का बालबालिकाहरुको लागि ७ सय माक्स बालबालिका हरुलाई वितरण गरिएको छ । लुम्बिनि बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीको पहलमा ती बिद्यालयलाई माक्स बितरण गरिएको हो ।
लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अर्न्तगत आज तेस्रो दिन आइतवार श्री तिलौराकोट माध्यमिक विद्यालयमा मास्क वितरण गरिएको हो ।
स्वास्थ्य नै सबै ठुलो धन हो भन्ने मुल नाराको साथमा विद्यालय हरु मा माक्स वितरण अभियान लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीले सुरु गर्नु भएको छ ।
माक्स अनिवार्य लगाउनु पर्छ किन कि कोरोना भाइरस बाट बचाउ छ अनि धुलोधुवा साथसाथै अन्य रोगहरु बाट माक्स बचाउ छ युवा नेता राजेश ज्ञवालीले बताउनु भयो ।
माक्स बितरण कार्यक्रममा लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवाली , नेपाल परिवार नियोजन संघ का प्रतिनिधि विनोद अधिकारी , संचारकर्मी डा. सतिश उपाध्याय , श्री तिलौराकोट माध्यमिक विद्यालय का प्रा. अ. संजय कुमार बर्मा र बिद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
माक्स वितरण अभियान को पहिलो दिन , दोश्रो दिन अनि तेस्रो दिन अभियान कै कर्ममा तिलौराकोट माध्यमिक विद्यालयमा माक्स वितरण गरिएको छ ।