धुर्कोट गाउँपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका भित्र कार्यक्रम संचालन भएका वडा हरू वडा नं १ नयाँगाउ, वडा नं २ पिपलधारा, वडा नं ३ हाडहाडे र वडा नं ७ वाग्लामा गरि चार वटा वडामा राईखन्यु १०० ग्रामका दरले र निवारो १०० ग्रामका दरले चार वटा नर्सरी राख्ने काम सम्पन्न भएको सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जि सी ले जानकारी गराउनु भयो।
धुर्कोट गाउँपालिकालाई बाख्राको स्रोत केन्द्र निर्माणको रूप बाट विकास गरी बाख्राको उत्पादन बढाउदै किषानको आम्दानीमा थप टेवा पुर्याउन घाँसको विकासले मात्र सकिने भएको हुदाँ यस भन्दा अगाडी किम्बुको नर्सरी स्थापना गरिसकिएको र हरेक वडामा रहेका नर्सरी समहलाई नै जिम्मा दिई सामुहिक काममा सवै सदस्यलाई गर्न सक्ने वनाउने अभ्यास गरेको र यसरी नर्सरी आफैले तयार गरेर बिरूवा सार्दा बिरूवाको मर्ने सम्भावना कम हुने र विरूवा धेरै जाग्न सक्ने सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका परियोजना संयोजक शंकर नेपालीले जानकारी दिनुभयो।
वडा नं १ नयाँगाउमा रहेको धनवर्षा महिला उद्यम समुह कि उपाध्यक्ष शुवासना मल्ल को जग्गामा धनवर्षा महिला उद्यम समुह , पिपलधारा केभ चमेला वि क को जग्गामा मिलनसार महिला उद्यम समुहले , वडा नं ३ हाडहाडे माझथर महिला उद्यम समुह अध्यक्ष विष्णु कुमारी काउछाको जग्गामा माझथर महिला उद्यम समुह र वाग्लामा हरियाली डाडाकाचौपारी महिला उद्यम समुह सदस्य भगवता खनालको जग्गामा हरियालि डाडाका चौपारी महिला उद्यम समुह द्वारा सामुहिक नर्सरी राख्ने काम सम्पन्न भएको र यसरी सामुहिक रूपमा नर्सरी स्थापना गर्दा समुहका एकता र सद्भाव बढ्ने समुहका सदस्यले जानकारी दिनु भएको थियो।
नर्सरी स्थापना गर्नको लागी परियोजना सम्पुर्ण कर्मचारी जनप्रतिनिधी र समुह सदस्यको सक्रीय सहभागीतामा सम्पन्न भएको थियो।