बुटवल :- प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज माघ १० गते नेपाल बन्दको घोषणा गरेता पनि बुटवलमा भने बन्द प्रभाब खासै परेको देखि दैन । बुटवल बजारमा बिहानै देखि पसल खोल्नुका साथै सवारी साधन समेत सडकमा गुडिरहेको देखिन्छ ।
आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको गिरफ्तारी विरुद्ध विप्लव समूहले आज माघ १० गते नेपाल बन्दको घोषणा गरेको हो।
नेता बाँस्तोला गिरफ्तार परेपछि महासचिव विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका थिए। विप्लव समूहका जिल्ला समितिहरुले पनि विभिन्न जिल्लामा शनिवार बन्दको कार्यक्रम रहेको भन्दै विज्ञप्ति जारी गरेको छ।