पाल्पा।।लायन्स क्लब अफ श्रीनगरले कालिका मा बि मुझुङमा न्यानो कपडा बितरण कार्यक्रम गरेको छ । बिध्यालय मा पढ्ने १ देखी ५ सम्मका एक सय पचास जनालाइ करिब १ लाख बराबर को कपडा बितरन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिसटृक्त डेपुटीको अर्डिनेटर राजेन्द्र लिगल ले हामि सेवा गरछौ भन्ने उदेश्य ले स्थापना भएको बिस्व को ठुलो सस्था हो भन्नु भयो । अतिथि लिगल स्कुल सहयोग कार्यक्रम अन्तरगत स्कुलमा न्यानो कपडा बितरन गरि राम्रो काम गरेकोमा केन्द्रको तर्फबाट धन्यवाद दिनु भयो । कार्यक्रममा डिपार्टमेन्ट चिफ हरु भेष राज सुबेदि कृष्ण कार्कि खेम बहादुर सारुले लायन्स क्लबको बारे चर्चा गर्नु भएको थियो । कार्यक्रम मा बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष हुतमान सिह कार्की स्थानीय समाजसेवी राअ बहादुर कार्कि लगायतले बोल्नु भएको थियो । क्लबका उपाध्यक्ष यादब सिंह कार्कीले स्वागत बिद्यालयका प्रधान अध्यापक जनार्दन पान्डेले धन्यवाद क्लब का सचीव कपिल कार्कीको सन्चालन र अध्यक्ष तारा बहादुर कुवरको अध्यक्षतामा सप्पन्न भएको थियो ।