कपिलवस्तु / जनता समाजवादी पार्टी कपिलवस्तु ले कपिलवस्तु जिल्ला काे बाणगंगा काे जीतपुर का जन प्रदर्शन र विराेध सभा गरेको छ । जीतपुर मा बाजागाजा काे साथ असंबैधानिक , अलाेकतान्त्रिक र प्रतिगमनकारी कदम – खारेज गर नारा का साथ विराेध र्याली सहित विराेध सभा गरेको छ ।
विराेध सभा मा बाेल्दै जनता समाजवादी पार्टी का नेता राजेन्द्र प्रसाद श्रेष्ठ भने ठुलो परिवर्तनको लागि अन्दाेलन गर्नु पर्छ उदाहरण छ नेपाल मा परिवर्तन भएको छ भने अन्दाेलन बाट भएको छ । त्यस कारण संसद पुन:स्थापना अन्दाेलन बाट हुन्छ । श्रेष्ठले भने कि हाम्रो निति नेपाली कंग्रेस पार्टी जस्तो रहेको छैन नेकपा पार्टी विभाजित भएको छ अब कंग्रेस पार्टी ठुलो पार्टी बन्छ साेच रहेको छ तर जनता समाजवादी पार्टीको याे साेच रहेको छैन ।
हामी अहिले चुनाव मा जाने नजाने कुनै चर्चा पार्टी मा चालेको छैन । विराेध कार्यक्रममा शैलेन्द्र कुमार यादव काे अध्यक्ष्ाता , प्रमुख अतिथि राजेन्द्र प्रसाद श्रेष्ठ , विशिष्ट अतिथि दानबहादुर चाैधरी , सहशराम यादव , अतिथि विष्णुदरी शर्मा , डा. के.पि. शर्मा जाेनसनञ, नारायण खनाल र इरफान खान लगायत अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियो ।
(बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)