फर्साटिकर रुपन्देही माघ ८
पछिल्लो समय तराइका जिल्लामा अत्याधिक चिसो बढेपछि विद्यार्थी तथा बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आज र भोलि दुइ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
चिसो अत्याधिक बढेर पठनपाठनमा समस्या भएको भन्दै गाउँपालिकाले माघ ८/९ गते गाउँपालिका भित्र रहेका सस्थागत र सामुदायिक विद्यालयहरुमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ।