• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      १ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बजार

    तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई झण्डै ४६ लाख अनुदान

  • बुटवल दैनिक
  • २०७७ माघ ७, बुधबार (२ साल अघि)
  • ५९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    बुटवल, ७ माघ ।
    तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा झण्डै ४६ लाख अनुदान रकम वितरण गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो ।

    उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैंयाँ प्राप्त गरेका छन् । अनुदान रकम बितरण गर्दै नगर प्रमुख बासुदेव घिमिरेले अनुदानलाई साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत् विक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको बताउनुभयो ।

    कार्यक्रममा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुनेभएकोले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको बताउनुभयो ।?अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा तिलोत्तमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताउँदै सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैको लागि अनुकरणीय रहेको बताउनुभयो ।

    दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले तल्लो तहको किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको भन्दै दुधको खपत बढाइनुपर्नेमा जोड दिँदै दिनुभयो ।

    उहाँले विशिष्ट सहकारीमार्फत् बन्न थालेको दुग्ध प्रशोधन केन्द्रमा सेयर लगानी गर्न प्रारम्भिक सहकारी संस्थाहरुलाई आग्रह गर्नुभयो ।

    सरकार र सहकारीको संयुक्त लगानीमा तिलोत्तमा नगरपालिकाको वडा नं. ६ मा यु.एच.टी. दुग्ध प्रशोधन परियोजना निर्माण कार्य अघि बढेको छ । नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालन तथा पशु सेवा शाखाका राजु कुँवरको सञ्चालनमा कार्यक्रम भएको हो ।

    बुधबार दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत् किसानले प्राप्त गर्नेछन् ।

    नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरुप झण्डै ३७ लाख रुपैंयाँ किसानलाई अनुदान उपलब्ध गराएको थियो ।

    सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध ३ हजार २ सय ५५ जना किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

    यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख २६ हजार ८५२ रुपैंयाँ प्राप्त गरेको छ ।

    यस्तै वडा नं. १४ कैं टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैंयाँ, वडा नं. १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५२७ रुपैंयाँ, वडा नं. ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५५७ रुपैंयाँ प्राप्त गरेको छ ।

    गत वर्षको तुलनामा यो वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख रुपैंयाँ बढी अनुदान रकम प्राप्त गरेका छन् । दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुध सहकारीमार्फत् विक्री वितरण हुने भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बजार सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑