राजनितिक चेतना बिनाका हामी न त पृथ्वीनारायण शाहको दिब्य उपदेश पढ्यौ! न त पढेर बुझेर मनन गर्न नै सक्यौ ! न त हामी कार्ल मार्क्स, माओ पढ्यौ ! न त पढेर बुझेर मनन गर्यौ !! न त हामी बि पि को सिद्धान्त पढ्यौ ! न त पढेर बुझेर मनन गर्यौ !
ब्यक्तिगत स्वार्थ ,घाटा नाफाको लेखाजोखा, समाजको अस्लियत धरातल र यस्को आवश्यकता नबुझी कार्यकर्ता भयौ , मतदाता भयौ , आफ्नो बुद्दी बिबेक लाई बन्दकि राखेर राजनिक हावा जता बग्छ तेतै बग्यौ! त्रिभुवन बिश्वबिधालर पढेर , चिल्लो गडिमा महेन्द्र राज्मार्ग हुँदै सरर आएर टक्क बुटवल बहुमुखी क्याम्पसमा उभिएर राजा ढाल्नपर्छ भन्ने भाषणमा तरर ताली बजाउन भन्दा पहिला कैले सोचेनौ ! एउटाले ताली बजायो हामि तेसैको पछाडी बजाउदै गयौ, त्यहि तालिको उपज हो आजको राजनीतिक घटनाक्रम, जबसम्म मतदाता सचेत हुदैन तबसम्म रजितिक तरलता रहिरहन्छ ।
सफा हुन नुहाउनु पर्छ भन्ने भाषणमा ताली बजायौ तर नङ्ग दारी कपाल काट्न पर्छ कपडा नि सफा हुन पर्छ भन्ने कुरा कैले सोचेनौ ,नेता आय चिल्ला गफ गरे, हामिले भोट दियौ आफ्नो रोटि सेके गए ,आखिर कैले सम्म हामी नबुझी हुनुमान बन्ने देस समाज परिवर्तन गर्न मतदाता कर्याकर्तामा राजनितिक चेतना हुन जरुरी छ !
बर्तमान राजनितिक घटनाक्रममा देश झन जटिल अवस्थामा पुगेको छ । बहुमतको सरकार बन्ने सम्भावना न्यून छ, लेनदेनको सरकार ८,९,६ महिना भन्दा बढी चलेको उदाहरण हामी सङ धेरै कम छ! अब हात्ती मिलेनी देश बर्बाद हात्ती लडेपनी देशको बर्बादी ट्याक्कै प्रधानमन्त्रीले भने जस्तो होला जस्तो छ ।
मिलेपनी हिसाब किताबको अडिट मिल्ने देखिदैन , तेसैले अब पनि हामिले बन्दकी राखेको आफ्नो बिबेक समजको तम्सुक च्यात्न सकेनौ भने देश दल दलमा फस्ने निश्चित छ।