काठमाडाैँ : २०१८ मा मिस मंगोलको उपाधि जितेलगत्तै पहिलो टेलिभिजन अन्तर्वार्तामा जाङमु इन शेर्पालाई सोधिएको थियो, ‘बिहे कहिले गर्ने योजना छ?’ त्यसबेला भर्खरै ‘टिन एज’ पार गर्न लागेको बताएकी उनको जवाफ थियो, ‘जब सम्पूर्णरुपले आत्मनिर्भर हुन्छु, अनि मात्र बिहे गर्छु।’ ‘त्यतिञ्जेल त ३०–३५ काटिएला। ३०–३५ वर्षमा त केटाहरुले हेर्दैनन् भन्छन निरु’ जाङमुलाई अन्तर्वार्ताकारले प्रतिप्रश्न गरे।
‘ठिकै नहेर पनि। उमेर भनेको एउटा नम्बरमात्रै हो। उमेरसँग मलाई कुनैपनि समस्या छैन। उमेर बढ्दै गयो र मैले केटा पाइनँ भने ठिकै छ’, जाङमुको आत्मविश्वासपूर्ण उत्तर थियो, ‘म एक्लैपनि बाँच्नसक्छु।’
आफ्नो बिहे योजनाबारे त्यस्तो उत्तर दिएको दुईवर्षपछि जाङमुको जीवनमा अहिले त्यही प्रसंग दोहोरिएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग माघ ११ गते जाङमुले लगनगाँठो कस्ने तयारी गरेपछि उनीहरुबीचको ‘उमेर अन्तर’ लाई सामाजिक सञ्जालमा चर्चाको विषय बनाइएको छ।
उनका जीवनसाथी बन्न लागेका मुख्यमन्त्री राई उनीभन्दा झण्डै दोब्बर ९५० वर्ष० उमेरका छन्। यसबारे नेपालखबरको प्रश्नमा जाङमुले सोमबार पनि त्यही दुईवर्ष अघिकै उत्तर दोहोर्याइन्, ‘उमेर भनेको एउटा नम्बरमात्रै हो।’