बुटवल :- कोरोना महामारीले समयमा निर्वाचन गर्न नसकिएको भन्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको कार्यसमितिको पदावधी १ वर्षका लागि थप गरिएको छ ।
चार चरणमा १६ औं बार्षिक साधारण सभाको तयारी गरेको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको पहिलो चरणको साधारण सभा नवलपरासीको सुस्तामा आयोजना गरेको साधारण सभामा कोभिड–१९ का कारण एशोििसएसनको अबिधेशन गर्न नसकिएकोले कार्यसमितिको पदावधी थप गर्नका लागि ल्याईएको प्रस्ताव पारित गरेर म्याद थप गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सबै ब्यवसायीलाई एकै ठाउंमा भेला गरि अधिबेशन गर्न नसकिएको र साधारण सभा पनि एकै स्थानमा नगरि सबैक्षेत्रका ब्यवसायीहरुलाई पायक पर्ने गरी चार चरणमा साधारण सभाको तयारी गरिएको एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले जानकारी गराउनु भयो ।
नवलपरासीको सुस्तामा गरिएको पहिलो चरणको साधारण सभाको उद्घाटन गर्दै नेपाल आयल निगम लुम्विनी प्रदेश भलवारी रुपन्देहीका प्रमुख प्रलयंकर आचार्यले नियतवस ब्यवसायीलाई दुःख दिने काम निगमवाट नहुने बताउनु भयो ।
आपुर्ति ब्यवस्थालाई सहज वनाउंदै समयमै पेट्रोलियम पदार्थ सम्वन्धित ठाउँमा पुर्याउने प्रयाशमा लागिपरेको वताउंदै प्रमुख आचार्यले पेट्रोल भण्डारण क्षमता विस्तारको काम अन्तिम चरणका पुगेको वताउनु भयो ।
ट्याँकरमा इन्धनको मात्रा घटी हुनेगरेको भन्ने ब्यवसायीहरुले गरेको गुनासोलाई सम्वोधन गर्दै उहांले भारतमा क्यलिब्रेसन गरिएका ट्याँकरहरुको चेकजांचमा कडाई गरिएको वताउनु भयो ।
साधारण सभामा एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले एशोसिएसनको पहलमा ब्यवसायीहरुले पाउने क्षतिपुर्तिमा बृद्धि भएको, अनलाईन भौचर कार्यान्वयनमा आएको र ब्यवसायीहरुका धेरै मागहरु निगमवाट सम्वोधन भएको वताउनु भयो ।
ट्याँकरमा गरिएको लकिङ्ग प्रणालीमा कडाई गरिएपछि इन्धनमा हुने लसको मात्रा घटेको भन्दै उहांले लकिङ्गमा थप कडाई गर्न आग्रह गर्नुभयो ।
पछिल्लो समय ब्यवसायीहरुले इन्धनका लागि कुनै गुनासो गर्नु नपरेको र कुनै ब्यवसायी कारवाहीमा नपर्नु सुखद कुरा भएको उहाँले वताउनु भयो ।
साधारण सभामा एशोसिएसनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरे, संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, सल्लाहकार विरेन्द्र यादव, प्रेस सल्लाहकार खिमानन्द भट्टराई, नवलपरासी जिल्ला प्रतिनिधि राजेश कुमार गुप्तालगायतले बैंक ग्यारेण्टीका आधारमा ब्यवसायीहरुलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्ने माग गर्दै धरौटीमा ब्याजको ब्यवस्था र कमिशन बृद्धि गर्नुपने माग गर्नुभयो ।
साधारण सभाले नेपाल आयल निगमको विनियमलाई शंसोधन गरी ब्यवसायी मैत्री वनाउन माग गर्दै प्रस्ताव पारित गरेको छ ।
यस्तै महासचिव हरिराम कशौधनले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विशाल गरैले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित वजेट सहितको आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।
एशोसिएसनले लुम्विनी प्रदेशका ६ जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची तथा गण्डकी प्रदेशका स्याङ्गजा र वाग्लुुङ सहित ८ जिल्लाका ३११ पेट्रोलपम्पहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेको छ । एशोसिएशनले दोस्रो चरणको साधारण सभा माघ १० गते कपिलवस्तुमा, तेस्रो माघ १७ गते रुपन्देही र चौथो चरणको साधारण सभा माघ २४ गते पहाडी जिल्लालाई समेटेर स्याङ्जामा गर्ने महासचिव हरिराम कशौधनले जानकारी गराउनु भयो ।