गायक निर्मल दाहालको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘अचेल मायाको’ बोलको गीतमा रंगकर्मी सन्दिप डंगोलको शब्द तथा संगीत छ । गीतको संगीत संयोजन नविन के भट्टराईले गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय छ । भिडियोलाई मन्दिप बखुंचेले निर्देशन गरेका हुन् ।
राजीव थापा र मिलन तामाङले खिचेको भिडियोलाई रितेशजंग क्षेत्री र विशाल लामाले सम्पादन गरेका छन् । गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।