• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १४, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

      ६ घण्टा अघि

      पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

      ८ घण्टा अघि

      बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

      ८ घण्टा अघि

      अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

      ९ घण्टा अघि

      जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

      ९ घण्टा अघि

      बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

      १९ घण्टा अघि

      गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

      १ दिन अघि

      बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

      १ दिन अघि

      नबज्योती महिला द्वारा उपहार प्रदान

      १ दिन अघि

      बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

      १ दिन अघि

      बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

      १ दिन अघि

      हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

      १ दिन अघि

      रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

      १ दिन अघि

      ३९ औं मगर एकता दिवसको कार्यक्रम तिनसम्म चल्ने

      १ दिन अघि

      मन भित्रको जिन्दगी

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    प्रम ओलीकै कारण भारतीय पत्रकारले सगरमाथाको गरिमा माथि धावा बोल्ने आँट गरे : काँग्रेस नेता खाँण

  • बुटवल दैनिक
  • २०७७ माघ ४, आईतबार (१ महिना अघि)
  • ८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल – नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वरक्षा मन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री केपि शर्मा ओलीकै कारण पटक पटक बिदेशीले सगरमाथा माथि धावा बोल्ने आँट गरेको बताउनुभएको छ ।

    सगरमाथाको गरिमा माथि धावा बोल्ने अबसर विदेसीलाइ पटक पटक दिएर प्रम ओलीले राष्ट्रघाती काम गरेको नेता खाँणले दावी गर्नुभएको हो ।

    संसद बिघटनको बिरोधमा नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले शनिबार मणिग्राममा आयोजित बिरोध सभालाइ सम्बोधन गर्दै खाँडले उत्तरको छिमेकीलाइ सगरमाथाको उचाइ नाप्न दिएको र दक्षिणको छिमेकीलाइ पत्रकारको आवरणमा सगरमाथाको गरिमा माथि धावा बोल्न हेलीकप्टर चढाएर सगरमाथाकै फेदीमा पुर्याएको आरोप लगाएको हो ।

    ‘प्रधानमन्त्री ओलीले कहिले उचाइ नाप्न चिनीयाहरुलाइ फिता दिएर सगरमाथामा पठाउनु हुन्छ । कहिले भारतीयलाइ आफ्नो इन्टरभ्यु दिने अनि उसैलाइ हेलीकप्टर चढाएर सगरमाथाको फेदीमै पुरयाइदिने गर्नुहुन्छ । ओलीले हेलीकप्टर चढाएर पठाएको भारतीय पत्रकारलेफेदीमा पुगपछि त सगरमाथाको नामै बदलीदिन्छु भन्छ’नेता खाँणले भन्नुभयो । संविधानको सपथ खाएको प्रधानमन्त्रीले विदेशी पत्रकारलाइ सगरमाथामाथि धावा बोल्ने अधिकार दिन मिल्छ ? नेता खाँणले प्रश्न गर्नुभयोे ।

    सगरमाथाको उचाइ नेपाली बैज्ञानिकहरुले नै नाप्न सक्ने भन्दै उहाँले जनशक्ति र बजेट व्यवस्थापन सरकारले गर्न नसके काँग्रेसले गरेर देखाइदिने दावी गर्नुभयो ।

    जबरजस्ती लोकतान्त्रिक संविधानलाइ भत्काएर चिनीया खालको कम्युनिष्ट शासन व्यवस्था ल्याउन ओलीलाइ नेपालका दलहरु बाधक भएकाले असंबैधानिक रुपमा संसद बिघटन गरेको नेता खाँणले बताउनुभयो ।
    कम्युनिष्टहरु लोकतान्त्रीक हुनै नसक्ने भन्दै उहाँले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाकालागि अव आम नेपली जनताले काँग्रेसलाइ साथ दिनु पर्नेमा जोड दिनुभयो । नेता खाँणले अवपनि कम्युनिष्ट पार्टीलाइ साथ दिनु माघको जाडोमा पातलो टिसर्ट लगाएर हिड्नु जस्तै भएको उल्लेख गर्नुभयोे ।

    कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले ओली सरकार इतिहासकै सबैभन्दा भ्रष्ट र नालायक भएको आरोप लगाउनुभयो । प्रदेश सांसद रमा अर्यालले प्रम ओलीको संसद बिघटनलाइ राष्ट्रघाती कदम भएको बताउनुभयो । तिलोत्तमा नगर सभापती हरीलाल पाण्डे,रमेश डुम्म्रेलगायतले बोल्दै लोकतन्त्र र जनाधिकार रक्षाकालागि काँग्रेसको बिकल्प नभएको बताउनुभयो ।

    । काँग्रेस सैनामैना नगर समितिले मौसमचोकमा गरेको सभालाइ सम्बोधन गर्दै काँग्रेस नेता भरतकुमार शाहले प्रम ओलीले आफ्नो कुर्सी बचाउनकालागि संविधान कुल्चेर संसद बिघटनको निर्णय लिएको बताउनुभयो ।

    बिघटीत संसदको सार्बजनिक लेखा समितिका सभापती समेत रहेका नेता शाहले सर्बोच्च अदालतप्रति काँग्रेसको पुर्ण विश्वास रहेको र अदालतको निर्णयलाइ स्वीकार गरेर अगाडी बढ्ने बताउनुभयो । पार्टीका जिल्ला उपसभापती फणिन्द्र शर्मा,नगरसभापती रामप्रसाद अधिकारी,उपसभापती गुरु पराजुली,गोबिन्द खनाल,कृष्ण पंगेनी लगायतले बोल्दै दुइ तिहाइको कम्युनिष्ट सरकारबाट जनताले महङ्गी, करको मार र निरास बाहेक केही नपाएको भन्दै अबको नेतृत्व काँग्रेसले गर्नु पर्नेमा जोड दिनुभयो ।

    नेपाली काँग्रेस देवदह नगर समितिले गरेको कार्यक्रमलाइ जिल्ला सभापती तथा पुर्व मन्त्री अब्दुल रज्जाक,क्षेत्रीय सभापती हिरा बहादुर खत्री,प्रदेश सांसद रमा अर्याल,नगर सभापती गुणाखर भुर्तेल लगायतले सम्बोधन गर्दै अन्तरिक कलह मिलाउन नसकेर संंबिधानलाइ दाउमा लगाउने कम्युनिष्टहरुबाट देशले निकास पाउन नसक्ने दाबी गर्नुभयो ।

    नेपाली काँग्रेस लुम्बिनी सांस्कृतिक नगर समितिले महिलबारमा गरेको बिरोध सभालाइ नेता भरतकुमार शाह,लुम्बिनी प्रदेश संसदिय दलका प्रमुख सचेतक फकरुद्धिन खाँन,नगरसभापती मोहम्मद सइद खाँन,रम्जान अलिमिया,राजन उपाध्याय लगायतले सम्बोधन गर्दै लोकतन्त्र रक्षाको लागि काँग्रेसले जनताकै माझबाट निकास निकास खोज्ने बताउनुभयो ।

    बिभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेस गर्ने ४५० जनालाइ नेता भरतकुमार शाह र प्रदेश सांसद फकरुद्धिन खानले टिका लगाएर स्वागत गरे ।
    सिद्धार्थनगर समितिले भैरहवामा गरेको बिरोध सभालाइ केन्द्रिय सदस्य बालकृष्ण खाँणले सम्बोधन गर्दै कम्युनिष्टहरुको सिद्धान्तनै जनादेश स्वीकार नगरी आफनो पार्टीको नेतालाइ नै मालिक मान्ने रहेको दावी गर्नुभयोे ।

    क्षेत्र नं. ३ का क्षेत्रीय सभापती मात्रिका यादव,जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने,महासमिति सदस्य इस्तियाक अहमद खान,जन्नतुन निशा, नगर सभापती दिलिप धिताल,माधवी शर्मा वाग्ले,सोमबहादुर गुरुङ,बिरेन्द्रनाथ श्रीवास्तव लगायतले बोल्दै विधिको शासन कानुनी राज्य र जनतालाइ मालिक नमान्ने कम्युनिष्टहरुलाइ अव जनताले नै पाखा लगाउने बताउनुभयो ।

    प्रतिनिधिसभा विघटनकाविरुद्ध शनिबार नेपाली काँग्रेसले रुपन्देहीका १६ वटै स्थानीय तहमा विरोध सभा सम्पन्न गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

    पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

    बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

    अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

    जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    समाचार

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

    पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

    बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

    अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

    बुटवल दैनिक बिशेष

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

    जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२४ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२२ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४९० पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८६ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६६ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑