पाल्पा – नेपाली कांग्रेस पाल्पाले जिल्लाका स्थानीय तहमा संसद विघटनको विरोधमा विरोध प्रदर्शन गरेको छ । रम्भा गाउँपालिका १ काे हुँगीमा भएकाे कार्यक्रममा बाेल्दै पूर्व उद्याेग मन्त्री नविन्द्रराज जाेशीले नेपाली जनताले नेपाल कम्युनिस्ट पाटीलाई विश्वास गरेर मत दिए पनि अाेली सरकारले राष्ट्रघाती असैवधानिक कदम चलाई जनताकाे जनमतल कम्युनिष्ट पार्टी (नेकपा) ले बेवास्ता गर्दै अनादर गरेकाे बताए ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका जाेशीले संसद विघटन गरि केपी शर्मा अाेलीले संविधान कुल्चने प्रयास गरेकाे बताए । प्रधानमन्त्री केपी शर्मा अाेलीले संविधानमै नभएकाे व्यवस्था प्रयाेग गरेर संसद विघटन गरेर देशलाइ अन्याैलतातर्फ धकेकाेका छन् ।’ उनले बताए
तरूण दल रम्भा गाउँपालिकाका उपसभापति सुमन पाण्डे ,नेपाल विधार्थी संघका सभापति सुरेश बाेहाेरा
,नेपाल महिला संघ क्षेत्र न १ कि क्षेत्रीय सभापति एवम महाधिवेशन प्रतिनिधि बिष्णु माया ढकाल,क्षेत्रीय सभापति सन्ताेष थापा मगर,पुर्व महाधिवेशन समिति सदस्य विधान श्रेष्ठ,महा समिति सदस्य दान बहादुर पछाई,नेपाल विद्यार्थी संघ रम्भा गाउँपालिकम सभापति कृष्ण अर्याल लगाएतले बाेल्नु भएको थियाे । कार्यक्रम रम्भा गाउँपालिका सभापति अशाेक कुमार फालकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।
केपी तिम्रो पाराले दुख पाए साराले,नालायक केपि सरकार मुर्दवात,नेपाली काङ्ग्रेस जिन्दवाद भन्ने प्लेकार्ड सहित गाउँ पालिका भित्र बाट उपस्थीत भएका काग्रेसका नेता तथा कार्यर्कताहरुले नारा लगाएका थिए ।