हजुरआमाको सन्दूक पटुकिको टुप्पोमा बाँधेको चाबिबाट खुल्ने त्यो काठको बक्सा आज हजुरआमा जस्तै बृद्ध बनेको छ । धैसो लागेको त्यो सन्दुक सायद आटिमा राखेर होला कालो त्यसमाथि अझ धैसो लागेको सार्है नराम्रो तर किन हो किन त्यो सन्दुक खोक्दा आउने आवाज चाहि असाध्यै मिठो लाग्दथ्यो।
घर जग्गाका लालपुर्जा देखि सर-सापटीका चिर्कटा.. पाहुनाले ल्याउने गोडि मिश्री देखि लाहुरे बाबाले ल्याउने मिठाई र चान चुन आइसी पैसा..जन्मेको धर्सो देखि भोटो सम्म सबै..त्यो खुल्दा खजानाको ढोका खुले जस्तो लाग्ने..प्राय त्यो सन्दुक हामिले बच्चामा दु:ख दिदा या त हजुर आमाले अर्हाएको काम फत्ते गर्दा खुल्दथ्यो । सन्दुक खोलेर गेडि मिश्री दिदा संसार जिते भन्दा बढी खुसी लाग्ने..आज पैसा पाएर पिपल गेडि किनेर साथिहरुलाइ देखाउदै गाउँ भरी गोजिमा गुच्चा बजाउदै हिड्दा गाउँको मुखिया म नै हो कि जस्तो लाग्ने।
आजकाल त्यो सन्दुकको ठाउँ टिनको दराजले लिएको छ, सन्दुकमा जस्तो रौनक छैन त्यो दराजमा, हुन त हजुर आमा बृद्दा भयर हो कि हामी ठुला भएर हो , सन्दुकको जस्तो मिठो आवाज छैन त्यो दराजको । कहिले कसो खुल्छ आज म जादा गोडी, मिश्रीको ठाउँमा हजुर आमाले भत्ता बुजेको १००० निस्किन्छ । आजकाल निस्किने त्यो १००० मा गोडि मिश्री पाउँदा जस्तो उत्सुकता लुकेको हुँदैन । त्यो आपार माया थियो हिजो सन्दुक खुल्दा वा आज दराज खोल्दा ।
सन्ततिको उज्ज्वल भबिस्यको संघर्षमा थाकेका हात सुटुक्क मेरो ज्याकेटको गोजिमा पस्छ्न १००० नोट तै अड्किन्छ । म मुसुक्क मुस्कुराउदै आफ्नो काम तिर लाग्छु । यस्तै रहेछ जिन्दगी.. कति प्यारा थिए ती दिनहरु..कति मिठा थिए । ती पुराना दिनहरु सम्झदा वास्तविक जिन्दगी त्यही नै रहेछ भन्ने लाग्छ अहिलेको यो स्वार्थी संसारलाई हेर्दा ।
रचना : शंकर पाण्डे,बुटवल