कपिलवस्तु, २ माघ ।
कपिलवस्तु जिल्ला काे विजयनगर गाउपालिका वडा नं ३ पत्थरदेईया मा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्याली गरिएको छ ।
किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्याली कार्यक्रममा दाइजो हाेइन शिक्षा देउ , बाल बिबाह जीवन तबाह र छाेराछाेरी बीच भेदभाव नगराै जस्तो नाराहरु लेखेको प्याले कार्ड लिएर किशोरकिशोरीहरुे र्याली कार्यक्रम गरेका छन् ।
“अब मेराे पालाे” परियोजना अन्तरगत संचालित सृजनशील किशोरी समूह काे द्वारा अयाेजना र दलित सामाजिक विकास केन्द्र, केेयर नेपाल काे सहयोग मा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्याली कार्यक्रम सम्पन्न गरिएको छ ।
किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्याली कार्यक्रममा सृजनशील किशोरी समूह कि अध्यक्ष सलानी अधिकारी , विजयनगर गाउपालिकम वडा न ं ३ का वडा अध्यक्ष बुद्धि नाथ अर्याल , विजयनरग गाउपालिका कार्यसमिति सदस्य महाेमद मुर्तजा , अनराउल्ला खान र किशोरकिशोरीहरु काे उपस्थिति रहेको सामाजिक परिचालक परशुराम निगम ले जानकारी दिनु भयो ।